सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा सत्ताँको चाकडी: हेर्नुहोस्, गरीब विद्यार्थीहरुलाई यसरी परीक्षाबाट बञ्चित गरिदैँछ….

क्याम्पसमा पावर र पहुँचको बढ्दो प्रभाव: मौलाउँदै शैक्षिक विकृति

कञ्चनपुर । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्ययनरत गरिव विद्यार्थी भर्ना शुल्कमा छुट दिनेबारे यसअघि भएको व्यवस्था कार्यान्वयन नहुँदा अधिकांश विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चीत हुने अवस्था देखिएको छ ।

सुुदुरपश्चिमाञ्चल विश्वविद्यालयले यसअघि ५० प्रतिशत भर्ना शुल्कमा परीक्षा फारम बुझाउने व्यवस्था गरेपनि व्यवस्थापन संकायले उक्त निर्णय कार्यान्यवन नगरीदिदा ५० प्रतिशत भर्ना रकम बुझाएका विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चीत हुने अवस्थामा पुगेका हुन् ।

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायमा अध्ययनरत एक विद्यार्थीले पारीवारीक समस्याका कारण अपुग रकमपछि बुझाउने भन्दै पटक पटक व्यवस्थापन संकायका विभागिय प्रमुखलाई हार गुहार गरेपनि उनको कुनै सुनुवाई भएन् ।

सुदुरुपश्चिमाञ्चल विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गतको विविएस, चौथो वर्ष र तेश्रो वर्षकालागि परीक्षा फारम खुलाएको छ । जसको समय अवधि जेठ १७ गतेसम्म तोकिएको थियो ।

विद्याथीहर्रुले जेठ १५ गते आफ्नो समस्या सहित विभागित प्रमुख प्रेमसिह खातीलाई भेटेको बुझिएको छ । भेटको क्रममा विभागिय प्रमुख खातीले सबै विद्याथीहर्रुलाई छुट मिलाउन नसकिने बताएका थिए ।

विद्यार्थीहरुका अनुसार विभागिय प्रमुख खातिले पुरा रकम बुझाउन दबाब मात्र दिएनन नेताको पहुच नपुगेका विद्यार्थीहरु पनि आफु कहाँ आग्रह गर्न कसरी आईपुग्छन जस्ता शब्दहरु प्रयोग गरेका थिए ।

पुनः आफ्नो समस्या लिएर विभागिय प्रमुख आतीलाई १७ गते विहान भेट्न पुगेका विद्यार्थीहरुलाई देख्नासाथ उनले अस्तीकै समस्या लिएर आएको हो त भनि प्रश्न गरेको होच्याएको विद्यार्थीहरुले गुनासो गरें ।

विभागिय प्रमुखले ति विद्यार्थीहरुमाथि दुव्र्यवहार मात्रै नभै मानसिक यातनासम्म दिएको पिडित विद्यार्थिको भनाई छ ।

एक विद्यार्थी नेताका अनुसार वर्षौदेखि विश्वविद्यालयमा गरीब, सामान्य आर्थिक अवस्था भएका विद्यार्थिहरुको समस्याबारे कुनै सुनुवाई भएको छ्रैन् । नेता र कर्मचारीको पहुँचमा पुगेका विद्यार्थीहरु मात्र सुविधा लिने गरेको उनको आरोप छ ।

अखिल क्रान्तिकारी (क्रान्तिकारी माओवादी निकटको) लगायतका संगठन र विद्यार्थी नेताहरुले सयौं विद्यार्थीहरुका समस्याहरु सुझाई परीक्षामा सहभागि गराएका छन ।

क्याम्पसमा पावर र पहुचका आधारमा त्यस्ता विद्यार्थिहरुलाइ विश्वविद्यालयले भर्ना सुल्क समेत मिनाहा गर्ने गरेको श्रोतको दाबी छ । विगत ८ वर्ष सम्म पनि भर्ना सुल्क नबुझाएका विद्यार्थिहरु परीक्षामा सहभागि भएको खुल्न आएको छ ।

विश्वविद्यालयले वर्षाेदेखी भर्ना सुल्क नबुझाएका विद्यार्थिहरुलाई पनि परीक्षामा समावेश गरेको अवस्थामा त्यसको जिम्मेवारी संकाय प्रमुख र लेखाप्रमुखले लिनुपर्ने कतिपय नेताहरुको भनाई रहेको छ । विद्यार्थी नेताहरुले विश्वविद्यालयमा नाताबाद कृपावाद चलाउन नमिल्ने भन्दै आक्रोश व्यक्त गर्दै आएका छन ।

विविएस तेश्रो वर्षमा अध्ययनरत कृष्णसिह ऐरले पनि विद्यार्थिहरुलाई काखापाखा नगरीनुपर्ने बताए । उनले विश्वविद्यालयमा राजनीति हावि भएको बताउँदै आसेपासे, तालाबन्दी गर्ने र धाकधम्की दिने विद्यार्थिलाई मात्रै टेर्ने तर गरिव पहुँच नपुगेका ईमान्दार विद्यार्थीलाई विश्वविद्यालयको प्रवृतिमा सुधार आउनु पर्ने बताए ।

यसैबीच व्यवस्थापन सँकायका विभागिय प्रमुख खातिले विविध कारणले छुट भएका विद्यार्थीहरुलाई १८ गतेसम्म पारीवारीक स्पस्ट्रीकरण सहित आउन आग्रह गरेका छन ।

उनले ति विद्यार्थीहरुलाई असार मसान्त पनि नजिकिएकाले पुरै भर्ना शुल्क पुरा गरिनुपर्ने भन्दै सम्झाई बुझाई गरी पठाएको बताए । फाईल तस्बिर