हुर्नुहोस्, भ्रष्टाचार विरुद्ध आज अनशनको ९ औं दिनः क्रान्तिकारी पत्रकार महासंघले पनि जनायो एक्यवद्धता..

‘विद्यार्थी र युवा नै परिवर्तनका संवाहक हुन’–अध्यक्ष राउत

काठमाडौं । त्रिभुवन विश्व विद्यालयको सेवा आयोगमा भएको भ्रष्टाचार, अनियमितताको विरोधमा उत्रिएका विद्यार्थीहरुको अनशन आज नौं औं दिनमा पुगेको छ । विद्यार्थीहरु गत ६ गतेदेखि सेवा आयोगको मुल गेट थुनेर त्यहाँ अनशन बस्दै आएका हुन ।

नेकपा क्रान्तिकारी माओवादी निकटको अखिल क्रान्तिकारीको नेतृत्वमा त्रिवि सेवा आयोगको अनियमितता विरुद्धको उक्त आन्दोलन अघि बढ्दै आएको छ । उक्त आन्दोलनमा दिनहुँ समर्थन, एक्यवद्धता जनाउँने संघ, संगठनहरु जुटिरहेका छन ।

त्यहि क्रममा आन्दोलनरत विद्यार्थीहरुले देश, जनता र समग्र परिवर्तनका पक्षमा राज्यका निकायहरुलाई दवाव दिने उद्देश्यले चलाएको प्रति क्रान्तिकारी पत्रकार महासंघले समेत समर्थन तथा एक्यवद्धता जाहेर गरेको छ ।

अनिश्चितकालिन रिले अनशनमा बसेका विद्यार्थीहरुसँग घेटघाटको लागि गएको पत्रकारहरुको समूहको तर्फबाट बोल्दै संगठनका अध्यक्ष इन्द्र राउतले अनियमितता, भ्रष्टाचार र दलालीकरणका कारण मुुलुकको विकास पछि परेको भन्दै त्यसका विरुद्ध युवाहरु, विद्यार्थीहरुले रचनात्मक कार्यक्रम गर्दै जानुपर्नेमा जोड दिए ।

उक्त अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य रामसिंह श्रीस, क्रान्तिकारी पत्रकार महासंघका कार्यालय सदस्य लोकराज जैसी, लगायत संगठनका अन्य नेताहरुको समभागिता रहेको थियो । बाँकी भिडियोमा हेर्नुहोस्