विराटनगर र धरानमा थपिए एनआइसी एशिया बैंकका दुई शाखा

प्रभावकारी बन्दै शाखा विस्तार योजना

इटहरी । ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई नयाँ शाखा कार्यालय स्थापना गरेको छ ।

मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरियास्थित रानी मिल्स एरियामा बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले हिजो भव्य समारोहबीच आफ्नो नयाँ शाखाको उद्घाटन गरेका हुन ।

त्यस्तै सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. १८ बुद्ध चोकमा नयाँ शाखाको उद्घाटन बैंकका सञ्चालक विनोद कुमार प्याकुरेलले गरेका छन । बैंकले पछिल्लो समयमा ग्रामीण क्षेत्रमा शाखा विस्तार जोड दिदै आएको देखिन्छ ।

प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले हिजो एक विज्ञप्ति जारी गर्दै बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेहले थप उर्जा प्राप्त भएको र मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बताएका छन ।

करिब १६ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको बताइएको छ ।