‘माग पुरा नहुँदासम्म आन्दोलनलाई निरन्तता दिनुहोस्, जित क्रान्तिकारीहरुकै हुन्छ’–नेता श्रीस (भिडियोसहित)

भ्रष्टाचार विरुद्ध अझ सशक्त कार्यक्रम चलाउन सुझाव

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टीको पत्रकार विभाग इन्चार्ज रामसिंह श्रीसले त्रिविको सेवा आयोगमा भएको अनियमितता विरुद्धको आन्दोलनमा रहेका विद्यार्थीहरुसँगलाई माग पुरा नभएसम्म निरन्तर संघर्ष गर्न सुझाव दिएका छन ।

क्रान्तिकारी पत्रकार महासंघको अगुवाईमा त्रिवि सेवा आयोगको मुल गेटमा रिले अनशनमा बसेका विद्यार्थीहरुसँग हिजो भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रीसले त्यस्तो बताएका हुन ।

नेता श्रीसले आफ्नो पार्टी निकटको अखिल क्रान्तिकारीको नेतृत्वमा भ्रष्टाचारको विरोधमा गरिएको उक्त कार्यक्रमप्रति पार्टी र प्रकाशन विभागको तर्फबाट एकयवद्धता जनाउँदै निरन्तर विरोधमा उत्रिन सल्लाह दिए ।

उनले भ्रष्टाचारको विरोध सत्तापक्ष र अन्य प्रतिपक्ष सबैले गर्ने भएपनि सडकमै आएर त्यसको विरोध र भण्डाफोर गर्न क्रान्तिकारी विचारबाट निर्देशित संगठनले मात्र गर्न सक्ने भएकाले त्यसमा बिस्तारै व्यापक समर्थन जुट्ने र अन्त्यमा क्रान्तिकारीहरुको जित हुने भन्दै विश्वास व्यक्त गरे ।

उनले अझ सशक्त रुपमा भष्टाचार, सामाजिक विभेट, शोषण, दमनका विरुद्ध आन्दोलन चलाउन निर्देशन समेत दिए ।

युवा र विद्यार्थी परिवर्तनका मुख्य संवाहकको रुपमा चित्रण गर्दै उनले विद्यार्थिहरलाई आन्दोलनका लागि हौसला दिएका थिए ।

उक्त भेटघाटका क्रममा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, कार्यालय सदस्य लोकराज जैसी, संगठनका नेताहरु विष्णु, कुमार, गोविन्द, रणशुर लगायतको टिम त्यहाँ पुगेको थियो । संगठनका अध्यक्ष राउतले समेत कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

अखिल क्रान्तिकारीको नेतृत्वमा सेवा आयोग खारेजी, भ्रष्ट कमचारीलाई कारबाही र अबैधानीक प्रकृयाबाट आएको रिजल्र्ट खारेजीको माग गर्दै विद्यार्थीहरु सेवा आयोगको मुल गेट थुनेर गत ६ गतेदेखि अनिश्चितकालिन रिले अनसनमा रहेका छन ।