हुम्लाका फडेरा चिनियाँ युवतीको हत्या आरोपमा पक्राउ

युवतीको बलात्कारपछि हत्या भएको खुलासा

हुम्ला । चीनको पुराङ काउण्टीको ताक्लाकोटमा एक चिनियाँ युवतीको हत्या अभियोगमा नेपाली युवा पक्राउ परेका छन् ।

काम गर्ने सिलसिलामा ताक्लाकोट पुगेका हुम्लाका सर्केगार्ड गाउँपालिका २ का तेज बहादुर फडेरा उक्त अभियोगमा पक्राउ परेका हुन ।

फडेरालाई चिनियाँ युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा गत बिहीबार चिनियाँ प्रहरीले पक्राउ गरेको बुझिएको छ ।

हाल ताक्लाकोटमा रहेका सिमकोट गाउँपालिका २ का स्थानीयको भनाइ अनुसार ताक्लाकोटबाट प्रहरीले नियन्त्रण लिएर फडेरालाई तुन्चुउमा राखेको छ।

चिनियाँ युवती हत्या भएपछि ताक्लाकोटमा रहेका नेपालीमाथि चिनियाँ प्रहरीले निगरानी राख्दै आएको थियो । हाल दुई हजार नेपाली कामको सिलसिलामा ताक्लाकोटमा रहेका छन् ।

युवतीको मृत्यु भए पनि भाषाका कारण चिनियाँ प्रहरीले नेपालीलाई नियनत्रणमा लिएको औपचारिक जानकारी नआएको सीमा प्रहरी चौकी हिल्साका प्रहरी नायब निरीक्षक देउ बहादुर चन्दले जानकारी दिए ।

(यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ )