हेर्नुहोस् ग्राहक सेवामा ध्यान दिदैं एनआईसी एशिया बैंक र भेनस हस्पिटलबीच भयो यस्तो सम्झौता

अब भेनसमा उपचार गर्दा १५% सम्मको छुट

काठमाडौं । ग्राहकवर्गमा थप सेवा सुविधामा ध्यान दिदैं एनआईसी एशिया बैंक र भेनस हस्पिटलबीच दोहोरो सेवा वितरण गर्नेबारे एक सम्झौता भएको छ । सम्झौता अनुसार अब अस्पतालमा उपचारका क्रममा केही छुट हुने भएको छ ।

एनआईसी एशिया बैंक लिमिटेड र भेनस हस्पिटल काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने विषयमा हिजो त्यस्तो सम्झौता भएको हो ।

प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेका अनुसार उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र भेनस अस्पतालको तर्फबाट हस्पिटलका निर्देशक श्रीराम ढकालले हस्ताक्षर गरेका छन ।

सूचना अधिकारी पाण्डेले हिजो उक्त सम्झौताबारे एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन । उनले विज्ञप्तिमा बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको समेत बताएका छन ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बताइएको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।