नेत्र ज्योती संघ धनकुटा गाउँ गाउँमा आँखा उपचार सेवा पुर्याउँदै

गुरागाईको संयोजकत्वमा कार्यक्रम निर्माण समिति गठन

धनकुटा । नेपाल नेत्र ज्योती संघ धनकुटाले आँखा उपचार सेवालाई धनकुटामा व्यापक ढंगले संचालन गर्न बार्षिक कार्यक्रम तय गर्ने तयारी गरेको छ ।

नेत्र ज्योति संघले बार्षिक कार्यक्रमको तयारीका लागि हिजो एक समिति समेत गठन गरेको छ ।

गुणस्तरीय र प्रभावकारी रुपमा आँखा उपचार सेवा संचालन गर्नका लागी अध्यक्ष दोण गुरागाईको संयोजकत्वमा नेपाल नेत्र ज्योती संघ धनकुटाको बार्षिक कार्यक्रम निर्माण समिति गठन गरिएको हो ।

त्यसैगरी डा. राम प्रसाद पोखरेल आखा अस्पतालको बार्षिक कार्यक्रम निर्माण गर्न अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लिला मिश्रको संयोजकत्वमा अर्को समिति समेत गठन गरेको संघका उपाध्यक्ष रोशेष श्रेष्ठले बताएका छन ।

त्यसैगरी नेपाल नेत्र ज्योती संघ धनकुटाको रिक्त सह-कोषाध्यक्ष र सह-सचिव पदमा क्रमश जयन्द्र प्रधान र रमेश शाक्यलाई चयन गरिएको संघका सचिव देवबहादुर खड्काले वताएका छन ।

नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष दोर्ण गुरागाईको अध्यक्षतामा सम्पन्न भएको बैठकले गाउँ गाउँमा आँखा उपचार सेवा व्यापक ढंगले संचालन गर्न विभिन्न निर्णयहरु गरिएको बताइएको छ ।