भिमदत्त नगरपालिकाद्धारा सूचना परामर्श सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नगरपालिका सबैै वडाहरु उद्योगको लगत सँकलन गरिने

कञ्चनपुर । रोजगार प्रर्वद्धन तथा गरीब न्युनिकरण उपशाखा भिमदत्तनगरपालीकाले सूचना परामर्श सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

विगतका वर्षहरुमा सिपविकासबाट सेवा दिदै आईरहेको रोजगार सूचना केन्द्रले यस पटक भिमदत्तनगरपालीकामा समाहित भएसँगै नगरपालीकाभित्र गरिने कार्यक्रमहरुको विषयमा सम्बन्धीत पक्षहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

नगरपालीकाका आर्थिक विकास समितिका सँयोजक एवं वडा नम्बर २ का वडा अध्यक्ष डम्बरसिह कार्किको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख रमेश गौतम लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बौल्दै नगर प्रमुख कार्किले रोजगार प्रर्वद्धन तथा गरिवि न्युनिकरण उपशाखा (रोजगार सूचना केन्द्र) ले वडा वडाहरुमा गई बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन सिपमूलक तालीमको आयोजना गर्नुपर्नेमा जोड दिए ।

युवाहरु विदेश पलायन भैरहेको अवस्थामा उनिहरुलाई स्वदेशमै कामगर्ने वातावरण बनाउन अहिलेको सरकार लागि परेको बताउदै रोजगार सूचना केन्द्रले सिपमुलक तालीमको आयोजना गर्नुेपर्ने बताएको छ ।

रोजगार सूचना केन्द्रका नायव सुब्बा तथा कार्यक्रम सञ्चालक मनोज प्रसाद भट्टले सिपविकासबाट नगरपालीकामा समाहित भएर आएपछि नगरपालिकाको समृद्धिसँग जोडिएर कार्यगर्ने बताए ।

उनले केन्द्रीय सर्कुलर अनुशार नगरपालिका १९ वटै वडाहरु भएका उद्योगहरुको लगत सँकलन गरि आवश्यक कर्मचारीहरुको पदूुर्ति गर्न सिप विकास लागिपरेको बताएका छन् ।