नेता गजुरेलले भने–‘देश आन्दोलनमय बन्दै गएको छ, अब धेरै नआत्तिनुस्’ भिडियोसहित

‘संसदवादीहरुको छट्पटाहट शुरुः संघर्षमा जनता तयार’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले पछिल्लो समयमा वर्तमान केपी ओली सरकारले गरेका जनघाती, राष्ट्रघाती कामहरुको विषयमा जनताहरु बुझेपछि देशै आन्दोलनमय बन्दै गएको बताएका छन ।

नेता गजुरेलले अक्सर्फार्ड पब्लिकेशनद्धारा प्रकाशित लेख संग्रह ‘राजनिितक घटनाक्रम र प्रवृतिहरु’ विषयक पुस्तकको विमोचन कार्यक्रममा पुस्तकबारे लेखकिय धारणा राख्ने क्रममा त्यस्तो बताएका हुन ।

उनले ओली सरकारले निर्वाचनको बेला दिएका गुलिया नाराहरु अब काम नलाग्ने भए भन्ने कुरा जनताले पछिल्लो चरणमा उसको काम, व्यवहारबाट प्रष्ट बन्दै पारेपछि जनताहरु आन्दोलित हुँदै गएको बताए ।

उनले वर्तमान सरकारले कुनै एउटा क्षेत्रमा मात्र नभै सबै क्षेत्रमा आफ्नो नियन्त्रण बढाएको बताए ।

उनले भने–‘पत्रकार स्वतन्त्रतामा नियन्त्रण गर्न खोजिएको छ, युवाहरुको पढ्न लेख्ने अधिकारमा व्यापार गरिदैँछ, नागरिक अधिकारको हनन भैराखेको छ, भ्रष्ट माफिया, दलालहरु सल्बलाइरहेका छन । अब त्यसको विकल्प व्यवस्था परिवर्तन नै हो ।’

उनले यतिबेला मुलुकमा चारै तिरबाट राज्यको नीतिको विरोधमा जनताका आवाजहरु आइरहेको बताए ।

उनले सबै क्षेत्रका समस्या र राज्यको निंञ्कुशताको अन्त्यका लागि बलियो मोर्चाबन्दी मार्फत अर्को आन्दोलन गर्नुपर्ने धारणा राखें ।

उनले वर्तमान व्यवस्था र सरकार दलाल पूजिपति वर्गको भएको भन्दै त्यसलाई भतुवावादीको संज्ञा दिए ।

उनले वर्तमान सरकार निरन्तर फासिवाद उन्मुख बाटोमा लागेको देखिएकाले त्यसका विरुद सबै सचेत, देशभक्त नागरिकहरुलाई आन्दोलीत हुन आग्रह समेत गरे । बाँकी भिडियोमा हेर्नुहोस्….