पर्यटकिय गन्तब्यको सूचिमा पाल्पाको ‘श्रीनगर डाँडो’-पूर्वाधार विकासमा सरकार किन मौन !

भौतिक संरचनामा सुधार गर्नुपर्ने स्थानीयवासीको माग

पाल्पा । पर्यटकिय गन्तब्यमा पर्न सफल तानसेनको श्रीनगर डाँडा पुर्वाधार निर्माण नगरेरै घोषणा गरिदा गन्तब्य स्थल घोषणामा मात्र सिमित हुने हो कि भन्ने आशंका बढेको छ ।

सरकारले घोषणा गरेको १०० नया गन्तब्यको सूचिमा पर्न सफल पाल्पाको श्रीनगर डाँडा अहिलेकै अबस्थामा पर्यटन गन्तब्यका रुपमा लिनु हास्यास्पद हुने सरोकारवालाको भनाई छ ।

जिल्लाको प्रमुख पर्यटकिय क्षेत्रको रुपमा रहेको श्रीनगर डाँडो बर्षौ अगाडी जुन रुपमा रहेको थियो अहिले पनी त्यहि अवस्थामा रहेकाले त्यसमा सुधारको आवश्यकता औल्याएका हुन ।

चार बर्ष अघि २ करोड बढी खर्चेर बनाएको भौतिक संरचनाहरु समेत जिर्ण बन्न पुगेको छ । विश्व बैंकको सहयोगमा बनेको बाटो र पिकनिक स्पट समेत लथालिंग छ ।

प्रत्येक शनिबार श्रीनगरमा दर्जनौ समूह बनभोजका लागि आउँने गर्छन । पानीको समस्या, फोहोर, पिकनिक स्थल नपाउने जस्ता समस्या रहेको त्यहाँ आउने आन्तरिक पर्यटक बताउँछन ।

नगर प्रमुख अशोक कुमार शाहीले यो आर्थिक बर्ष मास्टर प्लान बनाई अगाडी बढने र श्रीनगरलाई सुन्दरता बनाउनका लागि निजि क्षेत्र, तथा संस्थाहरुलाई पार्टनरसिप दिने बएका छन ।

स्थाननीय रामकृष्ण थापाले स्थानिय सरकारले ध्यान दिन नसक्दा श्रीनगर घुम्न आउने पर्यटकले सोचे अनुसार पाउन नसकेको बताए ।

कोहलपुरबाट भ्रमणको लागि आएकी बिद्यार्थी सृजना घर्तीमगरले श्रीनगर डाँडो एकदमै मनमोहक भएपनि बाटोको समस्या दर्शाइन । झण्डै १ हजार ४ सय मिटरको उचाईमा रहेको श्रीनगरडाँडा प्राकृतिक रुपमन सुन्दर छ ।

त्यहाँबाट नेपालमै सबै भन्दा लामो रेञ्जमा हिमश्रृंखलाको अबलोकन गर्न सकिन्छ । त्यहाबाट माछापुच्छ्रे, धौलागिरी, अन्नपुर्ण, निलगिरी लगाएतका हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ ।

भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउन त्यस्ता नयाँ पर्यटकिय गन्तब्य सहयोगी हुन सक्छन तर बिना पुर्वाधार र बिना रेखदेख घोषणा गरिदा घोषणा केबल घोषणामै सिमित नहोला भन्न सकिन्न यस तर्फ संबन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ ।