सत्ताँरुढ नेकपाको जनवर्गीय सङ्गठनमा नयाँ नेतृत्वः नामसहित हेर्नुहोस्

पोलिटब्युरोमा १४७ सदस्यीयको टुङ्गो लाग्यो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विहिबार पार्टी निकटका जनवर्गिय संगठनहरुको नेतृत्वको नाम टुङ्ग्याएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको नेकपाको सचिवालय बैठकले संगठनहरुका साथै पार्टीको पोलिटव्यूरो सदस्य समेत टुङ्ग्याएको हो ।

बैठकले पार्टी सचिवालय र स्थायी कमिटी सदस्य स्वतः पर्ने गरी १४७ सदस्यीय पोलिटब्युरो सदस्यको टुङ्गो लगाएको बताइएको छ ।

त्यसैगरी बैठकले सबै जनवर्गीय सङ्गठनको एकताको बाटो पनि खोलेको छ । पूर्व एमाले र माओवादी केन्द्रबाट एक संयोजक र एक सहसंयोजक तोक्दै बैठकले एकतको बाटो खोलेको हो ।

नेकपाले पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको यस अघि नै टुङ्गो लगाइ सकेको छ ।

दुई पार्टीबीच गत वर्ष जेठ ३ गते एकता भएको भएपनि अझै पूर्ण रुपमा एकता प्रकृया नसकिएको भन्दै कार्यकर्ताहरुबाटै नेतृत्वको आलोचना हुने गरेको थियो।

हिजोको बैठले विभिन्न संगठनको संयोजक र सह संयोजकका रुपमा नाम टुङ्ग्याउँदै एकता प्रकृयालाई गति दिएको नेताहरुको बुझाई पाइन्छ भने कतिपय यसमा असन्तुष्ट समेत रहेका देखिन्छन । टुङ्ग्याइएका विषयहरु यस्ता छन ।

१) विद्यार्थी संगठनमा संयोजक- ऐन महर सहसंयोजक- रञ्जित तामाङ
२) युवा संगठनमा संयोजक रामप्रसाद सापकोटा दिपशिखा सहसंयोजक -रमेश पौडेल
३) महिला संगठनमा संयोजक -अमृता थापा सहसंयोजक -सीता पौडेल
४) मजदूर संगठनमा संयोजक -विनोद श्रेष्ठ सहसंयोजक -जगत सिम्खडा
५) पत्रकार संगठनमा संयोजक -महेश्वर दाहाल सहसंयोजक -गणेश बस्नेत
६) बुद्धिजिवी संगठनमा संयोजक -दिनेशचन्द्र देवकोटा सहसंयोजक -कृष्ण केसी
७) पेशागत महासंघमा संयोजक -विश्वनाथ प्याकुरेल सहसंयोजक -ईश्वरी भण्डारी
८) जनसाँस्कृतिक महासंघमा संयोजक -खगेन्द्र राई सहसंयोजक -सरल सहयात्री
९) मुस्लिम संगठनमा संयोजक -सिराज महम्मद फारुकी सहसंयोेजक -अत्तहर हुसेन फारुकी
१०) दलित संगठनमा संयोजक -तिलक परियार सहसंयोजक -ओमबहादुर विश्वकर्मा
११) निर्माण व्यवसायी संगठनमा संयोजक -यज्ञध्वज कार्की सहसंयोजकमा -शिवप्रसाद चौंलागाई
१२) आदिवासी जनजाति महासंघमा संयोजक -सुरेश आलेमगर सहसंयोजक -शेरबहादुर तमाङ
१३) अपांग संगठनमा संयोजक -ईन्द्रमाया गुरुङ सहसंयोजक -रामप्रसाद ढुंगाना
१४) खेलकूद संगठनमा संयोजक -पुरुषोत्तम पौडेल सहसंयोजक -शिव कोइराला
१५) उद्योग व्यवसायी महासंघमा संयोजक लक्ष्मीदास -मानन्धर सहसंयोजक -श्याम पाठक
१६) प्रवासी नेपाली मञ्च भारतको संयोजकमा -लोकनाथ भण्डारी सहसंयोजकमा -ईश्वरी भण्डारी
१७) सुकुम्वासी संगठनमा संयोजक -रामप्रित पासवान सहसंयोजकमा -पदम देवकोटा
१८) भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा संयोजक- धनबहादुर चन्द