मोहन बैद्य ‘किरण’ को नेतृत्वका सबै क्रान्तिकारीहरु एकतामा जाऔंः गोपाल किँराती (भिडियोसहित)

निर्णायक क्रान्तिको तयारीमा विशेष जोड

काठमाडौं । तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँगको पार्टी एकिकरणमा गएपछि उक्त प्रकयामा आफ्नो फरक मत राख्दै पुनः त्यहि पार्टीलाई गठन गर्न पुगेका नेता गोपाल किँरातीले सच्चा क्रान्तिकारी शक्तिहरु निर्णायक क्रान्तिको लागि मोहन बैद्य किरणको नेतृत्वमा एकता प्रकृयामा जानुपर्ने धारणा राखेका छन ।

पनुप् गठित माओवादी केन्द्रका अध्यक्ष समेत रहेका नेता किँरातीले केही समयअघि काठमाडौंको घट्टेकुलो स्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा क्रान्तिकारी माओवादीले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा त्यस्तो बताएका हुन ।

नेता किँरातीले प्रचण्डको एमालेकरणसम्म आउँदा पार्टीको मुल विचार र कार्यक्रममा केही समस्या देखिएको भएपनि पछिल्लो समयमा आफ्नो पार्टीले देश र जनताको पक्षमा संघर्षको लाइनलाई ठीक रुपमा उठाएको तर्क समेत गरे।

उनले उनले मुलुकमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न र जनअधिकारको स्थापना गर्नका लागि सबै सच्चा क्रान्तिकारी शक्तिहरु एक ठाउँमा आउँनुको विकल्प नभएको बताए ।

उनले माओवाद वा विचारधारको वहस आवश्यकमा गर्दै एकता प्रकृयामा अघि बढ्नुपर्ने धारणा राखें ।

उनले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले प्रस्तुत गरेको एक कार्यपत्रमा सहमती जनाउँदै उनकै नेतृत्वमा एकता प्रकृया अघि बढाउन सकिने मत जाहेर गरेका थिए ।

उक्त कार्यक्रममा उनले माक्सर्वाद सिर्जना भएकाले नेपाली विशिष्टतामा नयाँ कार्यदिशा सहित निर्णायक क्रान्तिको तयारीमा जुट्नका लागि सबै क्रान्तिकारी पार्टीहरुलाई अपिल समेत गरे ।

उनले अब हुने क्रान्तिलाई नयाँ जनवादी क्रान्ति भनिएपनि त्यपछिको व्यवस्थालाई भने समावादी भन्न सकिने भन्दै तर्क समेत गरेका थिए ।

उक्त कार्यक्रममा नेकपा (मसाल), नेकपा (विप्लव), नेकपा (माले), नेकपा (ऋषिकट्टेल), वैज्ञानिक समाजवादी पार्टी (आहुती) लगायतका पार्टीका शिर्ष नेताहरुको सहभागिता रहेको थियो । बाँकी भिडियोमा हेर्नुहोस…..