एनआई सी एशिया बैंकका कर्मचारी र सेवाग्राहीलाई स्पार्क हेल्थहोममा १० प्रतिशत छुटः यस्तो भयो सम्झौता

सेवाग्राहीलाई उत्कृष्ट बैंकिङ सेवाका साथै अन्य सुविधामा जोड

काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडमा कर्मचारी र अन्य सैबै सेवाग्राहीहरुको लागि काठमाडौं स्थित स्पार्क हेल्थहोममा उपचार गराउादा दश प्रतिशत छुट हुने भएको छ ।

उक्त विषयमा दुई पक्षबीच सेवा सुविधा प्रदान गर्ने सम्बन्धी हिजो एक सम्झौता भएको बैंकले जनाएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र हेल्थहोमको तर्फबाट स्पार्क हेल्थहोमका कार्यकारी निर्देशक हरिशरण रिजालले हस्ताक्षर गरेका छन ।

बैंक र हेल्थहोमबीच सेवा सुविधा प्रदान गर्ने विषयमा सम्झौता भएको विषयमा हिजो बैंकका प्रमुख सुचना अधिकारी सुधिर नाथ पाण्डेले एक विज्ञप्ति जारी गर्दै जनाएका हुन ।

सूचना अधिकारी पाण्डेले जारी गरेको विज्ञप्तिमा दुई पक्षबीच सेवा सुविधा प्रदान गर्ने बताइएको छ ।

स्पार्क हेल्थहोम प्रा.लि, काठमाडौंबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार,बैंकका डेबिट एवं क्रेडिट कार्ड वाहक तथा बैंकका सम्पूर्ण ग्राहक वर्गहरुलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको विज्ञप्तीमा जनाइएको छ ।

सूचना अधिकारी पाण्डेले बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको बताएका छन ।

उक्त बैंक करिब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बताइएको छ । बैंकका प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ । बैंकले देशभर शाखा कार्यालयहरुको विस्तारमा जोड दिएको देखिन्छ ।