हेर्नुहोस्, यसरी बढ्दैछन् महिला हिंसाका घटनाहरु

प्रहरीमा उजुरीको क्रम जारी

सिरहा । सिरहा जिल्लामा मात्रै यस वर्ष सात सय भन्दा बढी महिला हिंसाका घटनाहरु प्रहरीमा उजुरी परेको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहा अनुसार चालु आर्थिक वर्ष २०७५/०७६ चैत सम्ममा जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुमा ३ साय ९८ घरेलु हिंसा र ३ सय ४४ महिला हिंसासम्बन्धी उजूरी अएका बताएका छन । 

उजुरीमा दाईजोका कारणले हुने हिंसा नखुलाइए पनि अधिकांश हिंसाका घटना दाइजोसँग सम्बन्धित रहेको विभिन्न सघ सथाले जनाएका छन। त्यैसगरी सिरहामा चालु आर्थिक वर्ष २०७५र०७६ मा ३ जना महिलाको हत्या भएको छ ।

सिरहा नगरपालिका,मिर्चैया नगरपालिका, कल्याणपूर नगरपालिका गरी तीनवटै घटनामा माइती पक्षले हत्या भएको किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी डिएसपी माधवराज खरेलले बताएका छन ।

घयात,मानव अधिकारका क्षेत्रमा कार्यरत इन्सेकको तथ्याकअनुसार सन् २०१८ मा सिरहा जिल्लाका विभिन्न ठाउँमा ६ जना महिलाको हत्या भएको छ ।

दाइजोका कारणडनै विवाहित महिला मानसिक तथा घरेलु हिंसाको सिकार बनेका इन्सेक प्रदेश २ का कार्यक्रम संयोजक जागेश्वर यादवले बताएका छन ।

यादबका अनुसार सिरहाको प्राय जम्मा १७ ओटा स्थानियतहहरुमा महिला हिंसाका घटनाहरु भए पनि कतिपय घटना बाहिर विभिन्न कारणले आउन नसकेको बताएका छ्न ।