नेपाली सेनाको गाडीमा मोटर साईकल ठोकिदा एक जनाको मृत्यु

दुर्घटनाको कारण: ईन्डिकेटर नदिई सडकमा गाडी राख्नु

सिरहा । सिरहाको पूर्वपश्चिम राजमार्गको मिर्चैया नगरपालिकाको मलहनिया चौकमा भर्खरै नेपाली सेनाको गाडीमा मोटर साईकल ठोकिदा मोटर साईकलमा सबार एक जनाको मृत्यु भएको छ ।

मिर्चैया नगरपालकिा वडा नं. ५ बस्ने सागरकुमार जयसवालले चलाएको स.६ प ८०१३ न.को मोटरसाईकलले नेपाली सेना चोर्हवा गणको गाडीमा पछाडीबाट ठोकिएर मोटर साईकलमा सवार सागरकुमार जयसवालको मृत्यु भएको हो ।

नेपाली सेनाको बा.१ ग २४६२ नम्बरको गाडी मिर्चैया नगरपालिकाको मलहनिया चौकमा रोकिएर राखेको अवस्थामा ठोकिएर जयसवालको मृत्यु भएको खुल्न आएको छ ।

उक्त घटनाबारे अस्थायी ट्राफिक प्रहरी पोष्टमिर्चैयाका प्रहरी नायब निरिक्षक विकुनारायण काशिछाबेले जानकारी दिएका छन ।

बिग्रेको गाडी रोकेको अबस्थामा कुनै ईन्डिकेटर नदिई राखिएकोले दुर्घटना भएको स्थानीयबासीहरुले बताएका छ्न।

घटनाबारे बिस्तृत जानकारीको लागि ईलाका प्रहरी कार्यालय मिर्चैयामा फोन गर्दा सम्पर्क हुन सकेको छैन ।