नवजात शिशुलाई छोडेर बाबुआमा गायब भएपछि….

शिशुको व्यवस्थापनमा समस्या

सिरहा । सिरहाको लहान नगरपालिका स्थित एक पोलीक्लिनिकमा नवजात शिशुलाई छोडेर बाबुआमा गायब भएका छन् ।

लहानको लीला मदन प्रसुती पोलीक्लिनिकमा सम्झना राईले बच्चालाई छाडेर गायब भएकी हुन ।

उनीसँग आएका ३२ वर्षीय विकास राई उदयपुरको कटारीघर भएको र आफू सम्झनाको श्रीमान रहेको बताएका थिए ।

गत वैशाख १० गते भर्ना भएकी राईले भोलिपल्ट छोरी जन्माएकी थिइन् ।

बिहान विकास एटीएमबाट पैसा निकाल्छु भनेर बाहिर निस्के । 

केहि बेरपछि छोरीलाई एक्लै छाडेर आमा पनि गायब भइन् ।

दुईहप्ता पुग्न लाग्दासम्म बाबुआमा बच्चा लिन नआएपछि बेवारिसे बच्चा शिशुको व्यवस्थापन पोलीक्लिनिकले नै गरिरहेको छ ।

स्थानीय युवा समाजसेवी सरोज राईले बच्चालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भने कुरामा जोड दिएका छन।

राईका अनुसार सकेसम्म बच्चालाई बाबुआमा पत्ता लगाएर बुझाउने कोशिश गरिरहेको छु, नभए शिशुलाई आश्रय दिने संस्थालाई आग्रह गरिने समेत उनले बताए ।