अबैध रुपमा सालका रुखहरु काटेपछि ट्रयाक्टर सहित काठ बरामदः अनुसन्धान जारी

कानून अनुसार कारबाही गर्न मन्त्री मण्डलको निर्देशन

सिरहा । सिरहाको गोलवजार नगरपालिकामा रहेको लामा डाँडा सामुदायिक वनले अबैध रुपमा साल जातको काठ काटि बिक्रिको लागि ट्रयाक्टरमा लैजाँदै गरेको अवस्थामा वन कार्यालयले ट्रयाक्टर सहित काठ बरामद गरेको छ ।

सेकटर वन कार्यालय गोलवजारका रेन्जर काशिन्द्र यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले अबैध रूपमा काटिएको साल जातको गोलिया बोकेको स १त ७१७९ नं को ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको सालजातको गोलिया काठ र ट्रयाक्टर आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय सिरहा लहानमा बुझाइएको छ ।

वन कार्यालयबाट ईजाजत नलिइ अबैध रुपमा सालजातको सयौ रुख यो क्षेत्रमा कटान गरी विक्री वितरण गरिदै आएको छ ।

लाँमाडाँडा सामुदायिक वनका अध्यक्ष आन्नद पाख्रिनले आफु झाडी सफाईको वाहनामा हरियो साल जातको रुख कटान गरी विक्री वितरण गरिरहेको समेत बताएका छ्न ।

तर डिभिजन वन कार्यालयबाट ढलेका रुखहरु संकलनको लागी लगतलिई पेश गर्ने पत्र पत्राचार भएको योजना शाखाका सहायक वन अधिकृत राज कुमार ठाकुरले बताएका छ्न ।

त्यो विषयमा वन कार्यालयबाट कुनै किसिमको ईजाजत दिएको छैन । सामुदायिक वनका अध्यक्ष तथा उपभोक्ता आफुखुशीले साल जातको रुख कटान गरेको र कार्यालयबाट कुनै किसिमको ईजाजत नदिएको सूचना अधिकारी अमरेन्द्र प्रसाद यादबले बताएका छन ।

बरामद काठ डिभिजन वन कार्यालय सिरहा, लहानमा स्थलगत निरिक्षण गर्दै प्रदेश नं २ का उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयका राज्य मन्त्री सुरेश मण्डलले यस्तो ऐन कानून विपरीत कार्य गर्नेलाई आवश्यक अनुसन्धान गरी कारवाही पक्रिया अगाडी बढाउने बताए ।