‘नयाँ जनवादी क्रान्तिको बाटोमा अघि बढौं’– नेकपा अध्यक्ष ऋषि कट्टेल (भिडियोसहित)

‘क्रान्तिकारी शक्तिहरुबीचको एकता अनिर्वाय’

काठमाडौं । मुलुकमा सामाजिक फासिवाद उन्मूख व्यवस्था रहेको भन्दै त्यसको विकल्पमा जनताको व्यवस्था ल्याउ सबै क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले बताएका छन ।

नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय कमिटीद्धारा राजधानीमा आयोजित ‘माक्र्सवादको वैज्ञानिकता र क्रान्तिको कार्यभार’ विषयक विचार गोष्ठीमा आफ्नो धारणा राख्ने क्रममा उनले त्यस्तो बताएका हुन ।

उनले मुलुकमा वर्गिय उत्पीडन बढिरहेको, गरीब, निम्नवर्ग तथा मजदुरहरु र उत्पीडित समुदायहरु राज्यकै कारण सास्तीमा रहेको तर्क गर्दै त्यसको विरुद्धमा संघर्ष चर्काउनुको विकल्प नभएको बताए ।

उनले समाजमा व्याप्त सबै प्रकारका समस्याहरुको समाधान आमूल परिवर्तनको प्रकृयापछि मात्र सम्भव भएको भन्दै त्यसका लागि नयाँ जनवादी क्रान्तिको प्रकयामा जुट्न सबै क्रान्तिकारी शक्तिहरुलाई आह्वान समेत गरे ।

उनले भने–‘सबै सच्चा क्रान्तिकारी शक्तिहरु राज्यव्यवस्था बदल्नका लागि एक पटक नयाँ स्थितिबाट एकताबद्ध बनौं, त्यसको जग बलमा नयाँ जनवादी क्रान्तिको बाटो तय गरौं । यहि नै अहिलेको आवश्यकता हो ।’

उनले कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले प्रस्तुत गरको कार्यपत्रमा आफ्नो पार्टीको समर्थन रहेको भन्दै विभिन्न अवस्थामा विभाजित भएको नेपाली क्रान्तिकारी आन्दोलनलाई संगठित गर्नका लागि समेत बैद्यलाई आग्रह गरेका थिए ।

उनलेका कार्यक्रमा माक्र्सको योगदानको चर्चा गर्दै त्यसकालाई विज्ञानको रुपमा मान्दै, उच्चतम प्रयोग गर्दै क्रान्तिकारी दिशामा अघि बढ्नुपर्ने धारणा राखेका थिए । बाँकी भिडियोमा हेर्नुहोस….