‘समाजमा वर्ग छ, आज पनि वर्गिय उत्पीडन छ, त्यसैले क्रान्ति हुन्छ’–नेता पुरी (भिडियोसहित)

‘क्रान्तिकारी एकतामा जोड, छलफल आवश्यक’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले मुलुककमा कम्युनिस्टको सरकार चलेको भनिएपनि जनताहरुले अझै न्याय, समानता र अधिकार पाउँन नसकेको कारण विभिन्न मागहरु लिएर बेला बेला आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको बताएका छन ।

नेकपा (क्रान्तिकारी माओवादी) ले कार्ल माक्र्सको द्धिशतवाषिकीको अवसरमा राजधानीमा आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन ।

उनले मुलुकमा वर्गिय, जातीय उत्पीडन अझै रहेको कारण त्यका विरुद्ध क्रान्ति अनिवार्य हुने ठोकुवा गरे ।

उनले मुलुकमा साझाँ उद्देश्य बोकेका धेरै कम्युनिस्ट पार्टीहरुबीच एकता र सहकार्य हुन नसक्दा पुजिवादी व्यवस्था टिकेको तर्क गरेका छन ।

उनले सच्चा क्रान्तिकारी शक्तिहरुबीच वैचारिक, सैद्धान्तिक विषयहरुमा छलफल चलाउँदै एक ठाउँमा आउनुपर्नेमा जोड दिए ।

उनले कार्ल माक्र्सले त्यतिबेला गरेको समाजको व्याख्या आजको अवस्थामा पनि त्यत्तिकै सान्दर्भिक रहेको भन्दे उनको योगदानको समेत चर्चा गरेका थिए।

उनले माक्र्सको पूजि र श्रमबीचको अन्तरसम्बन्धको विषयमा बोल्दै वर्गिय समस्या जर्जर बन्दै गएको औल्याए ।

उनले भने–‘समाजमा अहिले पनि निम्नवर्ग, मजदुर किसान, उत्पीडित समुदाय छ, र यो मुलुक समस्याग्रस्त छ । त्यसकारण यहाँ जनवादी क्रान्ति हुन्छ, त्यो सम्भव छ ।’ बाँकी भिडियोमा हेर्नुहोस्….