प्रचण्डले यसरी पोखें ओलीसँगको असन्तुष्टिः फेरी जंगल जाने उद्घोष

‘लाखौंको बीचमा पनि एक्लै भएको दुखेसो’

काठमाडौं । तत्कालिन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल प्रचण्डले कार्ल माक्र्सको द्धिशताब्दीको कार्यक्रमलाई सम्बोधनमा पुराना दिनहरुको स्मरण गर्दै आवश्यक परेमा फेरी जंगल पस्ने उद्घोष गरेका छन ।

सत्ताँरुढ नेकपाले हिजो काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको कार्ल माक्र्सको २०१ औं जन्मस्मृति कार्यक्रममा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन ।

सत्ताँरुढ दल नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सम्बोधनको क्रममा जनयुद्धमा हुँदाको अवस्था भन्दा अहिले एक्लोपनको अनुभूति भएको भन्दै पुरानो दिनहरुको संक्षिप्त स्मरण पनि गरे ।

उनले भने–‘आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको छ, पार्टी पनि विशाल छ, तर तपाइँ हामी एक्लै छौं जस्तो भएको छौं।’

उनले त्यसो भन्नुको अर्थलाई धेरैले तत्कालिन एमालेसँगको एकतापछि उनको मनभित्रका असन्तुष्टिहरुको रुपमा बुझेको बताए ।

कार्यक्रममा पुराना दिनहरुको स्मरण गर्दै उनले त्यस्तो भन्दै गर्दा निक्कै भावुक देखिन्थ्य । उनको त्यो अभिव्यक्तिले सत्ताँरुढ दल नेकपाभित्र ठूलो दरार रहेको प्रष्ट देखिन्छ ।

पछिल्लो समय पार्टीको जिम्मेवारी बाँडफाँडमा कार्यकर्ताहरुबीच बढेको असन्तुष्टि र विचार राजनीतिको लाईन सत्ताँमोहमा केन्द्रीत रहेकोबारे आलोचना आएको बेला उनको अभिव्यक्तिले प्रचण्ड पनि केपी ओलीसँग असन्तोष रहेको संकेत दिन्छ ।

उनले आफ्नो आन्तरिक अनुभूति र मनमा रहेका प्रश्नहरु नेता, कार्यकर्ताहरुम बाँड्दै भने–‘हामी कता गइरहेका छौं ? हिजो लाखौंको बीचबाट काठमाडौं आउँदा जंगल आएजस्तो भएको छ, तर हिजोका दिनमा जंगलमा बस्दा त्यस्तो भएको थिएन्।’

उनको उक्त भाषणलाई नेकपाभित्रको गम्भीर खटपटका रुपमा धेरैले औल्याएका छन ।

तर त्यो खटपट आन्तरिक असन्तुष्टि मात्र हो वा उनी त्यहाँबाट विद्रोह गरेर साँच्चैको निरन्तर क्रान्तिको बाटोमा, क्रान्तिकारी एकताको यात्रामा बढ्ने हिम्मत गर्छन त्यो भने अहिले नै आंकलन गर्न नसकिने कतिपयको भनाई छ ।

उक्त कार्यक्रमम नेकपाका नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टी शिर्ष नेताहरुले माक्र्सको योगदानको चर्चा गरेका थिए ।