हेर्नुहोस्, मालेका महासचिव मैनालीले भने–‘माक्र्सवाद विज्ञान हो, यसको प्रयोगलाई संवृद्ध बनाउँदै जानुपर्छ’

प्रविधिको विकास भएपनि सामाजिक उत्पीडन घटेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी) का महासचिव सीपी मैनालीले माक्सर्ववाद दुनियाँ बुझ्ने, बुझाउँने, बद्ल्ने र बदलिने नियमबारे ज्ञान दिने, सार्वभौम विज्ञान भएको बतएका छन ।

नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिले माक्र्सको द्धिशतबार्षिकीको अवसरमा हिजो घट्टेकुलो स्थित ईच्छुक प्रतिष्ठानको सभाहलमा आयोजना गरेको ‘मार्क्सवादको वैज्ञानिकता र क्रान्तिको ऐतिहासिक कार्यभार’ विषयक विचार गोष्ठीमा आफ्नो धारणा राख्ने क्रममा नेता मैनालीले त्यस्तो बताएका हुन ।

मालेका महासचिव मैनालीले माक्र्सवादके प्रयोगलाई अझ संवृद्ध बनाउँदै क्रान्तिका कार्यभारहरु पुरा गर्दै जानुपर्ने धारणा समेत राखेका थिए ।

पछिल्लो समयमा विज्ञान प्रविधिको विकास माक्र्सले व्याख्या गरेको समाजको संरचना भन्दा उच्तम बिन्दुमा पुगेको भएपनि सामाजिक व्यवस्थामा भने परिवर्तन नभएको बताए ।

उनले माक्र्सले गरेको समाजको संरचनाबारेको व्याख्या भन्दा प्रविधिको विकास बढी भएको भन्ने कोणबाट आएको भनाईको खण्डन गर्दै त्यसलाई माक्र्सवादप्रतिको अध्ययनमा कमि भन्दै टिप्पणी गरेका थिए ।

आजको युगमा पनि माक्र्सवादको प्रयोग सान्दर्भीक रहेकोमा उनले जोड दिए । नेपालमा जति गरे पनि मात्रात्मक परिवर्तन हुने गरेको र मनोगत रुपमा सोचे पनि ठूलो परिवर्तन नआउने कुरामा जोड दिएका थिए ।

उनले चाहनाले क्रान्तिका कुराले क्रान्तिमा कुनै प्रभाव नपर्ने बताए । उनले उनले जुन मुलुकमा वर्ग संघर्ष उत्कर्षमा पुग्छ र व्यवस्था विरुद्ध जनताहरु संगठित बन्दै जान्छन त्यहाँ क्रान्ति चाँडो हुने बताए ।

उनले पछिल्लो चरणमा नेपालमा क्रान्तिकारी शक्तिहरु एकतामा आउँनुपर्ने आवश्यकता देखिएको भन्दै त्यसमा आफ्नो पार्टी छलफल, वहस गर्दै जानेमा सहमत रहेको बताए । बाँकी भिडियोमा हेर्नुहोस्…