काठमाडौंको गोंगबुमा एनआई सी एशिया बैंकको नयाँ शाखा

ग्रामिण क्षेत्रसम्म बैंकिङ सेवा जोड्ने लक्ष्य

काठमाडौं । सेवा विस्तारको क्रममा एनआई सी एशिया बैंकले काठमाडौं उपत्यका अन्तर्गत काठमाडौं महानगरपालिकाको वडा नं २६, गोंगबुमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

आइतबार आयोजित एक समारोहकाबीच गोंगबु शाखाको उद्घाटन २६ नम्बर वडा अध्यक्ष ख्यामराज तिवारीले गरेका हुन ।

उक्त कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय नागरिक, व्यवसायी, सामाजिक अगुवाहरु लगायतको बाँक्लो उपस्थिति रहेको थियो ।

ग्रामिण तथा दुर्गम स्थानहरुका साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने योजनामा एनआई सी एशिया बैंक जुटेको देखिन्छ । बैंकले ग्रामिण क्षेत्रका नागरिकलाई समेत बैंकिङ सेवा पुर्याउने लक्ष्य राखेको छ ।

बैंकका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले हिजो एक विज्ञप्ति जारी गर्दै शाखा विस्तारको विषयमा जानकारी गराएका छन ।

उनले बैंकले जनसेवामा लिएको योजना र त्यसमा प्राप्त भएको स्नेहले थप हौसला दिएको विषय समेत उल्लेख गरेका छन ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८२शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बताइएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको उक्त बैंकमा प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालनागर्दै आएको बताइएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बताइएको छ ।