मातातीर्थ औंशीको अवसरमा एनआई सी एशिया बैंकले ल्यायो पैसा फिर्ता योजना (विज्ञप्तिसहित)

ग्राहक सुविधा बढाउँदै, ठाउँठाउँमा शाखा विस्तार

काठमाडौं । एनआई सी एशिया बैंकले मातातीर्थ औंशीको अवसरमा आफ्नो सुविधा बढाउँन ‘पैसा फिर्ता’ योजना सञ्चालन गरिरहेको छ ।

बैंकले मातातीर्थ औंशीको अवसरमा हिजो (शुक्रबार) र आज (शनिवार) दुई दिनको लागि त्यस्तो योजना सञ्चालन गरेको हो ।

बैंकले सबै क्षेत्रका सबै नागरिकहरुलाई सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यले ठाउँठाउँमा आफ्नो शाखा विस्तारमा समेत ध्यान दिएको छ ।

पछिल्लो समयमा बैंक गा्रहक सुविधा बढाउँने विभिन्न कार्यक्रमसहित अघि बढेको देखिन्छ ।

त्यहि क्रममा मातातिर्थ औंशिको अवसरमा बैंकले ल्याएको पैसा फिर्ता योजना अनुसार ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैकिङ्ग तथा मोबाइल बैकिङ्ग मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा सो भन्दा अधिकतम एक हजार सम्मको ‘क्यास ब्याक’ प्राप्त गर्न सक्ने छन ।

उक्त योजनाबाट बैंकको ग्राहक महानुभावहरु लाभान्वितहुने विश्वास लिएको छ । बैंकका प्रमुख सुचना अधिकारी सुधिरनाथ पाण्डेले हिजो एक पैस विज्ञप्ति जारी गरेर उक्त योजनाको विषयमा जानकारी दिएका छन ।

सूचना अधिकारी पाण्डेले डिजिटल बैंकिङ्गमा एनाइ सी एशिया बैंकले अग्रणी स्थान हासिल गरेको भन्दै आगामी दिनहरुमा ग्राहक सुविधाका विभिन्न योजनाहरु बढाउँदै जाने विश्वास समेत व्यक्त गरेका छन । प्रस्तुत छ, पाण्डेको विज्ञप्तिको पूर्णपाठ……

एनआई सी एशिया बैंक

केन्द्रीय कार्यालय काठमाडौं

विषयः प्रेस विज्ञप्ती

मितिः २० बैशाख, २०७६

मातातीर्थ औंशीको अवसरमा एनआई सी एशिया बैंकको Cash Back योजना

ग्रामीण तथा शहरी सम्पूर्ण क्षेत्रमा आफ्नो सशक्त भौतिक उपस्थितिको एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एनआई सी एशिया बैंक लिमिटेडले मातातीर्थ औंशीको पावन अवसरमा Digital Payment योजनाहरु सार्वजनिक गरेको छ । उक्त योजनाहरुमा बैंकका ग्राहकमहानुभावहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैकिङ्ग तथा मोबाइल बैकिङ्ग मार्फत भुक्तानी गर्दा १०% वा अधिकतम रु. १००० सम्मको Cash Back प्राप्त गर्नुहुनेछ । उक्त योजना अन्र्तगतः

१. अनलाइन पेमेन्ट (E Commerce) बाट भुक्तानी गर्दा तथा बैंकको QR PaymentSystem बाट भुक्तानी गर्दा कारोबार रकमको १०% वा उच्चतम रु. १००० सम्मको Cash Back ।
२. POS बाट भुक्तानीगर्दा १०% वा उच्चतम रु. ५०० सम्मको Cash Back

यो योजना यही बैशाख २० गते र मातातीर्थ औंशीको दिन बैशाख २१ गतेको लागि मात्र लागू हुनेछ । यस योजनाबाट बैंकको ग्राहकमहानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानहासिल गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाखग्राहकमहानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

सुधिर नाथ पाण्डे
नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सुचना अधिकारी)