कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

थप अनुसन्धान जारीः कानुनी कारबाही गरिने

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजारबाट नजिकबाट हतियार सहित प्रहरीले एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी श्रोतका अनुसार बिहीबार राति कटुवा पेस्तोल १ थान र पेस्तोलको १ राउण्ड खाली खोका सहित भारतीय नागरिक राजेशकुमार यादव पक्राउ परेका हुन ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाडी इनर्वा र सशस्त्र प्रहरी आउट पोस्ट बल, ठाडी इनर्वाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिक चेक जाच गर्नेक्रममा उनलाई पक्राउ गरेको बुझिएको छ ।

सशस्त्र प्रहरी आउट पोस्ट बल, ठाडी इनर्वाका सशस्त्र प्रहरी निरीक्षक कैलाश कटुवालका अनुसार पक्राउ परेका यादवमाथि थप अनुसन्धान गरिदै छ ।