दाइजो नल्याएको भन्दै घाँटी थिचेर श्रीमतीको हत्या

घटनाबारे थप अनुसन्धान जारी

सिरहा । सिरहामा दाइजो नल्याएको निहुमा आफ्नै श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या गरेका छन ।

सिरहा नगरपालिका–१४ खिरौनामा बिहीबार राति लगभग साढे १ बजे श्रीमान रामरेश मण्डलले २१ वर्षीया श्रीमती मनिषा कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेका हुन् ।

गत फागुन १६ गते गोलबजार नगरपालिका ८ बस्ने रामरेश मण्डलसँग मनिषाको वैवाहिक सम्बन्ध गाँसिएको थियो ।

बिहेपछि सासुले थप दाइजो ल्याउँन दबाब दिदैँ आएको मनिषाका बाबु रघुनथ मण्डलले बताएका छन् ।

सासुले थप दाइजो नल्याए बुहारीलाई छोड्न छोरा रामरेशलाई दबाब दिदैँ आएकी थिइन् ।

केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै मनिषालाई विभिन्न समयमा चरम यातना दिएको मनिषाको बाबु रघुनाथ मण्डलले बताएको छ ।

मनिषाको हत्या भएपछि प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ ।