१ लाख मुल्य बराबरको अबैध समान सहित एक महिला पक्राउ

बढ्दै छन राजस्व छलीका घटनाहरु

सिरहा । सिरहामा भारतबाट नेपालतर्फ राजस्व छली अवैध रूपमा ल्याउदै गरेको करीब १लाख मुल्य बराबरको किरानाका समानहरु सहित एक जना महिलालाई पक्राउ गरिएको छ ।

्प्रहरीका अनुसार राजस्व छलिको आरोपमा सिरहा नगरपालिका १७ बस्ने ललिता देवी शाह पक्राउ परेकी हुन । प्रदेश नम्बर दुईको अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी गस्ती टोलिले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विशेष सूचनाको अधारमा सिरहा नगरपालिका ११ स्थित चोहर्वा माडर सडकखण्डमा चेकजाँच बढाईएको थियो ।

त्यही चेकजाँचका क्रममा भारतबाट भन्सार छली ल्याउदै गरेको उक्त समान सहित शाहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका समान सहित शाहलाई आवश्यक कारवाहीको लागी सिरहा भन्सार कार्यालय सिरहा, माडर पठाइएको सिरहा प्रहरीले जनाएको छ।