हेर्नुहोस्, क्रान्तिकारी माओवादीका नेता श्रीसले भने–‘श्रमजीवी वर्गको राज्यसत्ताँ ल्याउन क्रान्तिको योजनामा अघि बढौं’

मजदुर अधिकारको विषय नारामा सिमित नराख्न आग्रह

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य रामसिंह श्रीसले मजदुर, कर्मचारी, गरीब, निमुखा तथा सर्वहारा वर्गको राज्यसत्ताँ ल्याउनका लागि एकताबद्ध भएर संसदीय व्यवस्था व्यवस्था विरुद्ध पार्टीको योजनामा निरन्तर अघि बढ्नुपर्ने बताएका छन।

नेता श्रीशले हिजो १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले कुपण्डोलमा आयोजना गरेको कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै त्यस्तो बताएका हुन ।

नेता श्रीसले मुलुकमा अहिले पनि दलाल, सामन्त र माफीयाहरुको राज्यव्यवस्था रहेको भन्दै यहि व्यवस्था रहेंसम्म मजदुर, किसान र आम सर्वसाधरण नागरिकहरुले सास्ती खेप्नुपर्ने तर्क गरे ।

उनले मजदुरहरु हक, अधिकार र न्यायका लागि वर्तमान संसदीय व्यवस्था फाल्नुपर्नेमा जोड दिए । उनले व्यृवस्था परिवर्तनबिना मुलुकनै गम्भीर संकटमा पर्ने खतरा देखिएको भन्दै क्रान्तिकारी योजनामा निरन्तर अघि बढ्न पार्टी र संगठनका नेता, कार्यकर्ताहरुलाइ निदेशन समेत दिए ।

उनले पार्टीको तर्फबाट अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मजदुर अधिकारको विषय एक दिने कार्यक्रम र नारामा सिमित नराख्न अनुरोध समेत गरे ।

उनले मजदुर तथा श्रमिक वर्गको हरेक समस्या र कठिनाईमा जोडिर्दै वर्गिय मुक्ति आन्दोलनको लाइनमा समाहित गर्नु मजदुर संगठन र नेताहरुलाई सुझाव दिएका थिए ।

उनले सर्वहारा वर्गको राज्यसत्ताँ ल्याउन सकिने र त्यो जित सम्भव भएको बताउँदै त्यसका लागि पार्टीको झण्डामा सबैलाई गोलबद्ध हुनका लागि समेत आह्वान गरे । उनले कार्यक्रम आयोजकलाइृ भव्य कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद समेत ज्ञापन गरेका थिए ।

महासंघले सुन्धराबाट निकालेको याली त्रिपुरेश्वर, थापाथली हुँदै ललितपुरको कुपण्डोल कार्यालयमा पुगेर सभामा परिणत भएको थियो । सभाको अध्यक्षता महासंघका केन्द्रीय संयोजक इश्वर तिमिल्सिनाले गरेका थिए ।

सभाको सञ्चालन दिनेश वर्तौलाले गरेका थिए भने सभाको प्रमुख अतिथिको रुपमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस र विशेष अतिथिको रुपमा पार्टीका पोलिटव्यूरो सदस्य तथा महासंघका फ्र्याक्सन इन्चार्ज दिनेश शर्मा सागर रहेका थिए ।

कार्यक्रममा पार्टीका पिविएम कमल चौधरी, केन्द्रयि सदस्यहरु हरु हुकुमबहादुर सिंह, सुरेश श्रेष्ठ, कुमार शाह, शारदा महत, बसन्त बोगटी, इन्द्र राउत लगायतको समेत आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा अथितिहरुका साथै मजदुर नेताहरु बद्री चापागाई, देवी गौली, दिनेश थापा लगायतले मन्तव्य राखेका थिए ।

मन्तव्यका क्रममा अधिकांश नेताहरुले वर्तमान व्यवस्था रहेसम्म मजदुरको हक, अधिकार प्राप्त गर्न नसकिने भन्दै त्यसका लागि संघर्षमा जुट्नुपर्ने धारण राखेका थिए । बाँकी श्रीसको सम्बोधन भिडियोमा हेर्नुहोस्…