‘नागरिकता बच्चालाई चक्लेट बाँडेंजस्तो, मागेर पाइने विषय होइन’–सीमाविद् बुद्धिनारायण श्रेष्ठ (भिडियोसहित)

भारतसँगको खुला सीमाना बन्द गर्नुपर्नेमा जोड

काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नागरिकताको विषयमा सरकारले केटाकेटीपना देखाएर बच्चालाई फकाउँन चक्लेट बाँडेंजसरी बाँड्दै हिडेको आरोप लगाएका छन ।

नागरिकता सम्बन्धी सरकारले ल्याउन लागेको विधेयकको विरुद्धमा तयार भएको संघर्ष समितिद्धारा राजधानीमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै सीमाविद् श्रेष्ठले त्यस्तो बताएका हुन् ।

उनले भने–‘नागरिकता बच्चालाई चिितक दलहक्लेट बाँडेंजस्तो, मागेर पाइने विषय होइन, यो त राष्ट्रियतासँग जोडीने विषय हो । यसमा राज्य गम्भीर बन्नुपर्छ ।’

उनले नागरिकता दिने नाममा राजनीतिक दलहरुले चुनावमा पर्चा बाँडें जसरी हचुवाका भरमा नागरिकता वितरण गर्ने विधेयकहरु खारेज गर्नुपर्ने बताए ।

उनले भारतसँगको खुला सीमाका कारण विभिन्न प्रकारका समस्याहरु बढेको र त्यसले मुलुकमा गैह्र नागरिकलाई सहज बनाएको बताए ।

उनले खुला सीमाका कारण भारतीयहरु नेपालमा बसोबास गर्ने र पछि सरकारबाटै नागरिकता वितरण हुदाँ बैधानीकता लिने घटनाहरु बढ्नुलाई मुलुकको राष्ट्रियतामाथिको खतराका रुपमा व्याख्या गरे ।

उनले नागरिकता सम्बन्धी ऐनमा खुकुलो पार्दा मुलुकको राष्ट्रियतामा संकट आउने भन्दै त्यसमा राज्यलाई गम्भीर बन्न आग्रह समेत गरे ।

उनले खुला सीमालाई बन्द गर्नका लागि राज्यलाई पहल गर्न समेत आग्रह गरे । बाँकी भिडियोमा हेर्नुहोस्…