‘अझै गास, बास, कपासकै समस्या छ, व्यवस्था पुरानै छ’–नारायण शर्मा (भिडियोसहित)

मुलुकमा चौतर्फी समस्यामाः जनजीविका अस्तब्यस्त

काठमाडौं । सत्ताँरुढ डबल नेकपा र त्यसका नेता, कार्यकर्ताहरुदेखि सरकारका मन्त्रि, प्रधानमन्त्रीसम्मले मुलुकमा गणतन्त्र आइसकेको र अब संवृद्धिको बाटोमा अघि बढाउने भन्दै आएको बेला त्यहि दलका एक नेताले भने त्यसको चर्को खण्डन गरेका छन ।

नेकपाका नेता नारायण शर्माले राजधानीम आयोजित नागरिकता विधेयक विरुद्धको संघर्ष तयारी सम्बन्धी एक छलफल कार्यक्रमका जनताहरु अझै गाँस, बाँस र कपासकै समस्यामा झेलिनुपरेको भन्दै सरकारको आलोचना गरेका हुन।

नेता शर्माले नेताहरुले खुशी नेपाली र संवृद्ध नेपालको विषयमा विभिन्न मञ्चहरुबाट भाषण गरेपनि त्यसको प्रभाव आम नेपालीको जनजीवनमा नपरेको तर्क गरे ।

उनले मुलुकमा नयाँ अवस्था आएपनि व्यवस्था पुरानै भएकाले जनअपेक्षित कामहरु हुन नसकेको बताएका छन ।

उनले सरकारले जनताको विश्वास जितेर अघि बढ्न नसकेको दावी गरे । उनले सरकारले ल्याउन खोजेको नागरिकता सम्बन्धी विधेयक राष्ट्रियता विरोधी भएको भन्दै त्यसको खारेजीको माग समेत गरे ।

उनले मुलुकमा स्थानीयदेखि केन्द्रसम्म चारैतिर समस्या नै समस्याहरु देखिएको भन्दै चिन्ता समेत गरे ।

मुलुकमा सिक्किमिकरणको खतराप्रति संकेत गर्दै उनले हरेक सचेत नागरिकहरुले राष्ट्रघात, जनघातका विषयमा खुलेर विरोध गर्नुपर्ने धारणा राखे।

उनले सरकारलाई जनताको माग र राष्ट्रियताका विषयमा गम्भीर बन्न आग्रह समेत गरे ।