हेर्नुहोस्, राष्ट्रघाती नागरिकता विधेयकको विरोध गर्दै अधिवक्ता वोर्णबहादुर कार्कीले यस्तो भने…..

शासकहरुको कारण मुलुक सिक्किमिकरणको खतरामा

काठमाडौं । अधिवक्ता बोर्णबहादुर कार्कीले सरकारले ल्याउन खोजेको नागरिकता सम्बन्धी विधेयक राष्ट्र, राष्ट्रियता र जनताको हितमा नभएको तर्क गरेका छन ।

शुक्रबार काठमाडौंको बालुवाटारमा आयोजित एक कार्यक्रममा नागरिकता विधेयकबारे बारे बोल्ने क्रममा उनले त्यस्तो तर्क अघि सारेका हुन ।

अधिवक्ता कार्कीले विधेयक राष्ट्रघाती भएको र त्यसबाट मुलुकमा अतरा उत्पन्न हुने सम्भावना बढी देखिएको बताउँदै सर्वोच्चमा त्यसबारे दायर भएको रिटको फैसालाबारे उल्लेख गरेका थिए ।

उनले सकारले अघि सारेको नागरिकता विधेयक र अदालतको फैसलाको परिणामबारे आफ्नो धारणा राखेका थिए ।

उनले देश र जनताको अहितमा हुने प्रकृयालाई जनताले सडक आन्दोलनका माध्यमबाट सच्याउन दवाव दिन सकिने बताए ।

उनले मुलुकमा नागरिकता सम्बन्धी खुकुलो नीतिका कारण अनागरिकहरु भित्रिने र राष्ट्रिय अखण्डतामाथि भविष्यमा गम्भिर समस्या उयत्पन्न हुने भन्दै त्यसबारेमा हरेक सचेत नागरिकहरुले बोल्नुपर्ने बेला आएको बताए ।

उनले सरकारले गलग निर्णयहरुको विरोध गर्न पाउने नागरिकको अधिकार रहेको समेत बताए । बाँकी उनको भनाई भिडियोमा हेर्नुहोस्