लागु औषध र चक्कुसहित सिरहाबाट एक पक्राउः अपराधिक घटनामा संलग्न रहेको आशंका

अदालतबाट म्याद थपः अनुसन्धान जारी

सिरहा । विभिन्न अपराधिक क्रियाकलाप तथा लुटपाट मुद्दामा फरार रहेका एक अभियुक्तलाई सिरहाबाट प्रहरीले शनिबार लागु औषधसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा तथा प्रदेश प्रहरीको संयुक्त रुपमा खटिएको टोलीले उनलाई सिराहा नगरपालिका १७ माडर टोलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको मिरचैया नगरपालिका १० बस्ने २२ बर्षीय रबिन्द्र यादव रहेको प्रहरीबाट खुल्न आएको छ । यादवको साथबाट प्रहरीले लागू औषध समेत फेला फारेको जनाएको छ ।

यादवको साथबाट नाईट्रोसन ८०चक्की, एसपीएस पालकन १६चक्की, नाईट्रोभेट २४५ चक्की, प्याभुस एसपास प्लस ३२ चक्की र चाक्कु १ थान सहित बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक माधब खरेलले बताए ।

पक्राउ परेका यादव केही महिना अगाडि मिरचैया कल्याणपुर सडकमा भएको लुटपाटमा सग्लन रहेको र केहि ब्यक्तिलाई फोन गरेर ज्यान मार्ने धम्की समेत दिएको प्रहरीले जनाएको छ।

यादवलाई जिल्ला अदालतबाट म्याद थपगरी बिशेष अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादव विभिन्न घटनामा प्रहरीको आंशकामा रहँदै आएको बुझिएको छ ।