महेन्द्रनगरमा श्रृङ्खलाबद्ध चोरीका घटना, मुख्य आरोपिको संरक्षणमा प्रहरी: यो कस्ताे व्यवस्था !

घटना ढाकछोप गराउन भन्दै पीडितलाई धम्की

कञ्चनपुर । केही समययता कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा श्रृङ्खलाबद्ध चोरीका घटनाका भैरहेका छन । त्यसका साथ साथै चोरीका घटनामा मुख्य योजनाकारको आरोप लागेका मानिसलाई प्रहरीले नै संरक्षण गर्ने विषय समेत बाहिर आएको छ ।

पीडत पक्षका अनुसार महेन्द्रनगर बजारक्षेत्रमा श्रृङ्खला बद्धरुपमा भएका चोरीका घटनाका मुख्य योजनाकारलाई प्रहरकिो मिलेमतोमा कार्वाहीबाट जोगाउने प्रयत्न भएको हो ।

गत पुस महिनामा महेन्द्रनगर बजार क्षेत्रबाट ४ वटा पसहरुबाट करीब साढे ३१ लाख बराबरका उपकरण चोरी गरिएको घटनाका मुख्य योजनाकारको आरोप लागेका मानिसलाई प्रहरीले संरक्षण गरेको र कारबाही नगरेको पीडितहरुको आरोप छ ।

महेन्द्रनगर बजारक्षेत्रमा गत पुसमा ४ वटा स्थाबाट उपकरण चोरी गरिएका थिए । उत्त उपकरणहरुको चोरीको मुख्य अभियुक्त नै बच्ने देखिएपछि ४ वटै पसलधनीहरुले घटना मोड्न खोजिएको प्रति आपत्ति जनाएका छन् ।

गत पुसमा पसल धनीहरुको किटानि जाहेरीका आधारमा कञ्चनपुर प्रहरीले सुरज बिष्टलाई नियन्त्रणमा लिई अनुशन्धान अघि बढाएको थियो । प्रहरी बयानका क्रममा बिष्टले आफुसहितका ३ जनालाई चोरीका लागि अर्के पक्षबाट आदेश दिईएको बताएका थिए ।

उनले शुल्लाफाँटा स्थाई घर भएका रामबहादुर महराले आफुसहितका ३ जनालाई चोरीका लागि आदेश दिएको र केहि रकम उपलब्ध गराई चोरी गरेका सामानको जिम्मा आफुलिने गरि सामान चोर्न लगाएको बताएका थिए ।

उनले महेन्द्रनगरको गल्ली नम्बर ३ स्थीत किङ्ग डिजिटल भिडियोग्राफि एंण्ड मोबाईल ग्यालरीबाट गत पुस ८ गते सोनिको भिडियो क्यामेरा, निकोनको क्यामेरा गरी दुई वटा क्यामेरा, २ वटा क्यामेराका चार्जर, २ ब्याट्रि, २ फल्यास र सेमसुमको १ मोबाईल चोरी गरिएको अदालतको बयानका क्रममा स्वीकार गरेका छन् ।

त्यस्तै गल्ली नम्बर ५ स्थीत नागार्जुन फोटो स्टुडियोबाट गत पुस १८ गते सोनिको २ थान भिडियो क्यामेरा, २ थान फोटो खिच्ने क्यामेरा, ब्याट्रि, चार्जर र नगद १८ हजार गरी करिब साढे ८ लाख बराबरका सामान चोरी गरेको अदालतको बयानका क्रममा बिष्टले स्वीकार गरेका छन् ।

त्यस्तै गल्लीनम्बर ५ स्थीत पुस्तक सँसारबाट पनि एक ल्याप्टब र केहि नगद चोरी गरेको उनले जिल्ला अदालतमा बयानका क्रममा स्विकार गरेको जिल्ला अदालयतका श्रेष्तेदार हरीकृष्ण अबस्थिले जानकारी दिएका छन् ।

त्यस्तै अदालतमा बयानका क्रममा अभियुक्त बिष्टले महेन्द्रनगरको वर्षपार्क नजीक स्थीत एबिसि ईन्टरप्राईजेज बाट पनि १५ लाख बराबरका उपकरण चोरी गरेको स्वीकार गरेको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ ।

प्रहरीसँगको बयानका आधारमा अभियुक्त बिष्टले आफुलाई शुक्लाफाटा नगरपालीकाका स्थाई घरमा भएका झलारी र बाणिमा एउटै नामले पसल थापेका कृष्णमोबाईल ग्यालरीका सँचालक रामबहादुर महराले सामान चोर्न लगाई कृष्णपुर मगाएको बताएका थिए ।

उनले महराले मगाए अनुरुपनै सामान कृष्णपुर पठाएको पनि स्वीकार गरेका छन् । तर बिष्टले प्रहरी बयानका क्रममा आफुलाई रामबहादुर महराले चोर्न लगाएको प्रहरी बयानका क्रममा स्वीकार गरेपनि जिल्ला अदालतको बयानका क्रममा भने महराको बचाउ गरेका छन् ।

उनले महराको बचाउ गर्दै आफु सहितका महेश भण्डारी, अमन भट्ट र थर नखुलाईएका नवीन सहितका ४ जना मिलेर उत्त पसलहरुबाट फरक फरक समयमा उपकरणहरु चोरी गरेको उल्लेख गरेका छन् । तर उनले ति उपकरण कहाँ लगे भन्ने बयानमा खुलाएनन् ।

रामबहादुर महराले महेन्द्रनगरको गल्लीनम्बर ३ स्थीत किङ्ग डिजिटल भिडियोग्राफि एंण्ड मोबाईल ग्यालरीका सँचालक सुनिल भण्डारीलाई घटना ढाक छोप भन्दै धम्की सहित प्रलोभन देखाएको सँचालक भण्डारीले बताएका छन ।

उनले आफुलाई पटक पटक अपरीचित व्यक्तिहरुको फोन आएको र दुई लाखको वार्गेनिङ गरी घटना ढाकछोप पार्ने धम्की आएको बताएका छन् । उनले आफ्नो पसलबाट एक थान भिडियो क्यामेरा, १ थान फोटो खिच्ने क्यामेरा, क्यामेराका चार्जर, र उनले प्रयोग गर्ने मोबाईल समेत चोरेर लगेको बताए ।

उनले अघिल्लो दिन साझँ आफुले प्रयोग गर्ने सामुसुम मोबाईल पसलमै छुटेको बताउदै उत्त मोबाईल चोरी गरिएपछि मोबाईलको आईएमई कोडबाट उत्तमोबाईल कहाँ र कसले प्रयोग गरीहरेको छ भन्ने पत्ता लगाउनमा सफल भएको बताए ।

उनले उक्त आईएमई कोडबाट मोबाईल मात्र नभई अन्य चोरी भएका क्यामेराहरुको पनि पर्दाफास भएको बताए ।

उनले मोबाईल चोरीपछि रामबहादुर महराको पसलमाबाटै बेचिएको खुलासा भएको बताए । रामबहादुरले नै मोबाईल सहित अन्य उपकरण चोरी गर्न लगाएको अनुशन्धानबाट खुल्नमा आएको उनको भनाई छ ।

उनका अनुशार शुक्लाफाटाँ नगरपालीकाका कृष्णमोबाईल ग्यालरीका सँचालक महराबाटनै उनलाइ पटक पटक धम्की आएको थियो ।

तर कञ्चनपुर प्रहरी भने शुक्लाफाटा नगरपालीकाका महराको बचाउमा लागिपरेको उनको दावि छ । सप्रमाण प्रहरीलाई बुझाउदा समेत कुनै सुनुवाई नभएको प्रति उनले आपत्ति जनाएका छन् ।

यस विचमा प्रहरीले रामबहादुर महरालाई भने निर्दाेसनै साबित गरेको थियो । महरा योजनाकार भएपनि बचाउ गरी उनलाई चोख्याउनमा लागि परेको प्रहरी भने अहिले दवावमा पर्ने देखिएको छ ।

नागाअजुर्र्न फोटो स्टुडियोका सँचालक हेमराज भट्टका अनुशार गत शनिबार मात्रै कञ्चनपुरको वेल्डाडी गाउपालीकामा विवाहको भिडियो खिच्ने क्रममा उनको क्यामेरा फेला परेको छ ।

विशेस सुराखिका आधारमा महेन्द्रगरबाट उनि बेल्डाणि पुगेका थिए । उनले वेल्डाडी पुग्दा नागार्जुन फोटो स्टुडियोको छाप भएको क्यामेरा चलाईरहेको व्यक्तीलाई ईलाका प्रहरी कार्यालय वेल्डाडीको सहयोगमा नियन्त्रणमा लिन सफल भएको बताए ।

सोधपुछका क्रममा अन्ताजी १८ वर्षिय रमेस महराले श्रृङ्खलाबद्ध क्यामेरा चोरीका योजनाकार भनिएका झलारीका महराको आदेशमा भिडियो बनाउन बेल्डाडी पुगेको बताए ।

उनले प्रहरी बयानका क्रममा राम बहादुमहराले नै आफुलाई यस अघि सोहि नागार्जुनकै क्यामेरा लगेर अन्य ६ ठाउमा पनि भिडियो खिच्न पठाएको बताएका छन् । प्रहरीले उत्त क्यामेरा जिल्ला अदालत कञ्चनपुरलाई बुझाएको बताएको छ ।

प्रहरी प्रवक्ता ज्ञानबहादुर विष्टले बेल्डाडीबाट नियन्त्रणमा आएका नागार्जुन फोटो स्टुडियो कै क्यामेरा प्रयोग गरिरहेका रमेसलाई प्रहरीहिरासतमा राखेको बताएका छन् ।

प्रहरीले वेल्डाडीबाट नियन्त्रणमा लिइएका क्यामेरा र भिडियो बनाउने व्यक्ति नियन्त्रणमा लिए पनि राम बहादुर महरालाई भने जिल्ला प्रहरी कार्यालयमा एक चोटि सोधपुछका लागि समेत मगाएको छ्र्रैन् ।

चोरिका घटनाको सुरुवाति देखिनै मुख्य योजनाकार रहेका महराको प्रहरीनै बचाउमा लाग्नुले केहि प्रहरी भित्रकै अधिकारीहरुको चोरीका घटनामा सहयोग हुनसक्ने अंशका गरिएको छ । नागार्जुन फोटो स्टुडियोका सँचालक भट्टले भने प्रहरीले यस घटनाको अनुसन्धानमा चासो नै नदिएको बताए ।

उनले घटना घटेको करीव ३ महिना बढि बितिसक्दा पनि प्रहरीले कुनै सुराख पत्ता लगाउन नसक्नु र आफु नै प्रत्येक दिन क्यामेरा चोरीको विषयमा दौडधुप गरीरहदा पनि प्रहरीले चोरीमा सँलग्न व्यक्तिहरुलाई कार्वाहि गर्न नसेको भन्दै आक्रोस पोखेका छन् ।

उनले नागार्जुन स्टुडियो बाट चोरीगरिएका अन्य क्यामेरा पनि रामबहादुर सँगै नै भएको जिकिर गरेका छन् ।

प्रहरी वयानका क्रममा बेल्डाडीबाट नियन्त्रणमा लिइएका महराले पनि रामबहादुरले अन्य क्यामेराहरु पनि भिन्न भिन्न ठाउमा प्रयोग गर्न लगाएको बताएका थिए ।

प्रहरीले चौतर्फि क्यामेरा चोरीको खोजी बढाएपनि रामबहादुरले भने यस्तो समयमा पनि निर्धक्क भई उत्त चोरीका क्यामेराहरु प्रयोगमा ल्याईरहेका छन् ।

नागार्जुन स्टुडियोका सँचालक भट्टले बेल्डाडीबाट नियन्त्रणमा लिर्ईएका रमेसको वयानका आधारमा शुक्लाफाटाका महरालाई नियन्त्रणमा लिई अन्य क्यामेरा बराबद गर्न आग्रह गरेका छन् ।