थाइल्याण्डमा जारी क्रिकेट प्रतियोगिता मलेशियासँग नेपालको जित

भोलि आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने

थाइल्याण्ड । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ ।

थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो ।

नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा म्यान्मालाई सात विकेटले पराजित गरेको थियो । उक्त जितसँगै समूह ए मा रहेको नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ ।

अघिल्लो खेलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि हासिल गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेशियालाई जितका लागि १४२ रनको लक्ष्य दिएको थियो ।

जवाफमा मलेशिया ३३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटियो । नेपालले भोलि आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।