ग्रामिण क्षेत्रमा एनआई सी एशिया बैंकः पाँच शाखाको एकै दिन उद्घाटन

ग्राहक सेवामा प्रतिबद्धः ठाउँ ठाउँमा शाखा विस्तार

काठमाडौं । एनआई सी एशिया बैंकले मुलुकको ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत पछिल्लो चरणमा आफ्नो सेवा विस्तार गर्दै लगेको छ ।

सेवा विस्तारको योजना अनुसार आज एकैदिन विभिन्न पाँच स्थानहरुमा उसले शाखा विस्तार गरेको बताइएको छ ।

एनआई सी एशिया बैंकका प्रमुख सुचना अधिकृत अर्जुन राजखनियाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो बताएका हुन ।

उनले आफ्नो विज्ञप्ति मार्फत बैकले सेवा विस्तार योजनालाई थप दरिलो बनाउने क्रमसँगै बैंकले काठमाडौं उपत्यकाभित्र र बारा जिल्लाको फेटामा समेत गरी पाँच स्थानमा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको बताएका छन।

उनले आज मध्यपुर थिमी नगरपालिका वडा नं. ६ मा वडा अध्यक्ष ईन्द्रबहादुर प्रजापतिल, कागेश्वरीमनोहरा नगरपालिको गोठाटारमा कृष्णहरि थापाले, सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोटमा वडा अध्यक्ष कमलनाथ आचार्यले, चद्रांगिरी नगरपालिका वडा नं. ११, सतुंगलचोकमा नगरप्रमुख घनश्याम गिरीले शाखाको उद्घाटन गरेको जनाएका छन ।

त्यसै गरी आजै बारा जिल्लाको फेटा गाउँपालिकाको वडा नं. ३ मा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले उक्त बैंकको शाखा भव्य समारोहबीच उद्घाटन गरेको जनाइएको छ ।

बैंकले अफ्नो सेवाप्रति आमजनमानसमा प्रगाढ विश्वास, अगाध स्नेह र भरोसा बढ्दै गएको बताएको छ ।

एनआई सी एशिया बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त बैंक उत्कृष्ट सेवा दिदैं मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन समेत सफल भएको छ । बैंकमा करिब १५ लाख ग्राहक रहेका छन ।

बैंकले आफ्नो वित्तीय परिसुचकहरु उत्साहप्रद रहेको बतएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई उक्त बैंकले पालना गर्दै अघि बढेको जनाइएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखा कार्यालय संचालन गर्दै सबै स्थानबाट नागरिकलाई बैंकिङ सेवा पुर्याउने योजना अगाडि सारेको छ ।

उसले निरन्तर ग्राहक सेवामा लाग्ने भन्दै आफ्नो प्रतिबद्धता समेत जनाउँदै आएको छ ।