नेपाली कांग्रेसको धनकुटा नगर सम्मेलन जेष्ठ ११ गतेः नेताहरु तयारीमा जुटें

शहरदेखी गाउँ गाउँसम्म संगठन सुदृढीकरण अभियान

धनकुटा । नेपाली कांग्रेसले धनकुटा नगरमा आफ्नो संगठनलाई सशक्त र क्रियाशिल बनाउनका लागी जेष्ठ ११ गते नगर सम्मेलन गर्न लागेको जनाएको छ । कांग्रेसको उक्त नगर समितिको हालै सम्पन्न बैठकले त्यस्तो निर्णय गरेको हो ।

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापती रोशन श्रेष्ठको अध्यक्षतमा भएको बैठकले धनकुटामा आगामी जेष्ठ ११ गते भव्य रुपमा सम्पन्न गर्र्ने, नगरमा पार्टी संगठन सुदृढीकरण अभियान संचालन गर्ने लगाएतका निर्णयहरु गरेको बताइएको छ ।

नगर समितिको बैठकमा नेपाली कांग्रेस धनकुटा जिल्लाका सचिव विजय सन्तोषी राई, अन्य कार्यसमितिका पदाधिकारीहरु, जिल्ला सदस्य रविन्द्र नेपाली, नगर कार्य समितिका सचिव माधव भण्डारी, कोषाध्यक्ष सावित्रि श्रेष्ठ, नगर कार्य समिति सदस्य मानुभक्त राई, केदार श्रेष्ठ, शान्तिराम मिश्र लगायत सदस्यहरुले पार्टी संगठनलाई नयाँ ढंगले विकास गर्नुपर्ने बताएका थिए ।

उनीहरुले पार्टीलाई नयाँ ढंगले संगठित गर्दै शहरदेखी नगर र गाउ गाउसम्म अभियान संचालन गरी पार्टीलाई अहिलेको युग सुहाउँदो आधुनिक पार्टी वनाउने वताउनु पर्नेमा जोड दिएका थिए ।

धनकुटा नगर सम्मेलनलाई सफल बनाउन सम्पूर्ण वडा समितिहरु र क्रियाशिल सदस्यहरुलाई व्यापक रुपमा परिचालित गरिने र धनकुटा नगरमा नेपाली कांग्रेसको संगठनलाई सशक्त र क्रियाशिल बनाउँन नयाँ रणनिति अपानाईएको नगर सभापती श्रेष्ठले वताए ।