क्याम्पसमा पुन: कानून बिषयको अध्यापन हुने

ओलीलाई दोसल्लाले सम्मान

बाँके । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा दुई दशकपछि पुन: कानुन संकायको अध्ययन अध्यापन हुने भएको छ ।

कानुन संकाय अध्ययन गर्न बिद्यार्थीहरु आएको हुँदा दुई दशकपछि क्याम्पसमा नियमित अध्ययन अध्यापन हुने भएको हो ।

क्याम्पसमा करिब २० वर्ष अघि सो संकायमा अध्ययन अध्यापन हुने गरेको थियो ।

यो वर्ष कानुन विषयको अध्ययन निरन्तर बनाउन दाङ्गका ७२ बर्षीय बलभद्र ओलीको पहलमा क्याम्पसमा एलएलबी तहको अध्ययन अध्यापन शुरु भएको हो ।

ओलीको प्रयासको क्रममा कानुन संकायमा भर्ना भएका हरेक विद्यार्थीहरुको सम्पर्क नम्बरमा फोन गर्दै अध्ययपन बारे जानकारी गराउने कार्य गरेका थिए ।

एक वर्ष अझै क्याम्पसमा कानुन संकायको अध्ययन अध्यापन नभएको भए संकाय नै हट्ने सम्भावना रहेको प्रध्यापकहरुको भनाई थियो ।

यसैबीच बिद्यार्थीहरुको उपस्थितिमा नियमित रुपमा पढाई हुने भएपछि मंगलवार कानुन संकाय प्रथम बर्षले नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख गणेश रेग्मीले कानुन विषय अहिले नियमित रुपमा पढाई भई रहेकाले विद्यार्थीहरुलाई नियमित हुन आग्रह समेत गरे ।

सोही अवसरमा कानुन विषयमा पहल गरेका ओलीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।