विप्लवका कार्यकर्ता फडेरा रिहा भए लगत्तै पुन: प्रशासनबाटै पक्राउ

अदालतको आदेशमा पुन: पक्राउ गरेको प्रहरीको भनाई

बाँके । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता दानबहादुर फडेरालाई जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट प्रहरीले पक्राउ गरेको छ ।

आइतवार अदालतबाट रिहा भए लगत्तै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरूण पौडेलको निर्देशनमा अदालत परिसरबाटै उनलाई पुन: पक्राउ गरिएको हो ।

फडेरा सुरक्षाको मागसहित राष्ट्रिय मानव अधिकार आयोगको नेपालगञ्ज स्थित प्रदेश शाखा कार्यालय पुगेका थिए ।

फडेरा विस्फोटक पदार्थ मुद्दामा पक्राउ परेको बताइएको छ । आयोगको संरक्षणमा रहेका फडेरालाई बाँके प्रहरीले आइतवार रातीसम्मै आयोगको कार्यालय घेराउ गरेको थियो ।

अदालत परिसर मै पक्राउ गर्न लागेको खबर पाए लगत्तै आयोगको टोलीले अनुगमन गरेको आयोग नेपालगञ्ज शाखा प्रमुख चापागाईले बताए ।

उक्त विषयलाई प्रहरी उपरीक्षक पौडेलले भने आफ्नो कर्तब्य पालना गरेको प्रतिक्रिया दिएका छन् ।

उनले अपराधीलाई समात्नु प्रहरीको पहिलो कर्तब्य रहेको बताउँदै प्रहरीले कुनै गलत कार्य नगरेको दावी गरे ।

विस्फोटक पदार्थ मुद्दामा पक्राउ परेका फडेरालाई मंगलवार राष्ट्रिय मानवअधिकार आयोगको सक्रियतामा जिल्ला प्रशासन कार्यालयले परिवारको जिम्मा लगाए लगत्तै प्रहरीले पुन पक्राउ गरेको हो ।

आयोगको नेपालगञ्ज शाखा कार्यालयको संरक्षणमा रहेका फडेरालाई जिल्ला प्रशासन मार्फत परिवारको जिम्मा लगाई सकुशल घर जाने क्रममा पक्राउ पुर्जीसहित प्रहरीले समातेको थियो ।

आयोगको संरक्षणमा बसेका फडेरालाई परिवारको जिम्मा लगाई सकुशल घर पठाउन राष्ट्रिय मानवअधिकार आयोगले बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सोमवार पत्राचार गरेको थियो ।

चौतर्फी रुपमा मानव अधिकार आयोगकै विरोध भएपछि आयोगले फडेरालाई मंगलवार बाँके प्रशासनमा पेश गरेको थियो ।

बसमा आगजनी गरेको काण्डमा मुछिएका फडेरालाई मंगलवार पुनः कोहलपुर प्रहरीले पक्राउ गरी कैलाली पठाएको बाँकेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

कैलाली जिल्ला अदालतबाट फडेरालाई आगजनी प्रकरणमा पक्राउ गरी पेश गर्न आदेश भए बमोजिम प्रहरीले पुनः पक्राउ गरी कैलाली पठाएको कोहलपुर प्रहरीले बताएको छ ।