युनेस्को क्लवद्वारा बालबालिकालाई बिभिन्न समाग्र्रीहरुको सहयोग

बाके । बाँकेका अति विपन्न परिवारका दलित, मुस्लिम, अपाङ्गता, एकल महिला र पिछडिएका समुदायका बालबालिकालालाई विभिन्न सामग्री उपलब्ध गराइएको छ ।

कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले सोमवार एक कार्यक्रमको आयोजना गरि ती बालबालिकाहरुलाई सामग्री वितरण गरेको हो ।

बाँके जिल्ला अन्तर्गत ३५ जना एकल महिलालाई तीन महिने निःशुल्क तालिम र खुट्टाले चलाउने सिलाई मेशिन, २९ जना अपाङ्गता भएकालाई ह्वील चियर, ४८ जना विद्यार्थीलाई साइकल, १ जनालाई मोबाईल मर्मत तालिम र ३ जना क्रोनिकल रोग लागेका विरामीलाई जनही रु ९० हजार २ सय ६० नगद सहयोगसमेत उपलब्ध गराइएको थियो ।

बाँकेका २४ जना छात्र र २४ जना छात्रा गरि जम्मा ४८ जनालाई सो सहयोग प्रदान गरिएको क्लबका अध्यक्ष प्रबेजअली सिद्दिकीले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले यो सहयोगले विपन्न परिवारका बालबालिकाहरुको शिक्षामा ज्ञानको ज्योती जगाउनमा मदत पुग्ने भन्दै वास्तविक सहयोगको खाचो भएका विद्यार्थीलाई यसले सहयोग गर्नुका साथै थप हौसला प्रदान गर्ने विश्वास व्यक्तसमेत गरे ।