हेर्नुहोस्, विप्लवका जिल्ला इन्चार्जसहित दजनौं नेताहरु क्रान्तिकारी माओवादीमा प्रवेश

नेकपा छाड्नुको कारण: आन्तरिक छलफलमा निषेध

काठमाडौं । क्रान्तिकारी माओवादीले राजधानीमा आयोजना गरेको कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीको शुभकामना आदान प्रदान कार्यक्रमबीच नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाबाट बिद्रोह गरेर आएका दजर्नौ नेताहरुलाई पार्टीका महासचिव मोहन बैद्य किरण र देजमो अध्यक्ष सीपी गजुरेल लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका छन ।

महासचिव बैद्य र नेता गजुरेलले रातो टीका र खादा ओढाएर निरन्तर क्रान्तिको दिशामा पार्टीको नीति, योजना र अनुशासनमा रहेर अघि बढ्न सफलताको शुभकामना तथा बधाई ज्ञापन गर्दै उनीहरुलाई उक्त कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन ।

महासचिव बैद्य र नेता गजुरेलले वर्गिय मुक्ति आन्दोलनको नेतृत्व आफ्नो पार्टीले गरिरहेको हुनाले छरिएर रहेका सबै क्रान्तिकारी शक्ति, पार्टी र समूहलाई एकिकृत र धुबिकृत हुन अपिल समेत गरे ।

उनीहरुले क्रान्तिका लागि सहि नीति र कार्यक्रम आफ्नो पार्टीले अबलम्बन गरेको दावी समेत गरे ।

विप्लवको नेकपाका धनकुटा जिल्ला इन्चार्ज चट्टान, व्यूरो सदस्य संघर्ष (पाँचथर), जिल्ला सदस्य अतित (काठमाडौं), सदस्य पूर्ण लगायत २२ जना नेताहरुले आज सामूहिक रुपमा उक्त पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश गरेका हुन ।

क्रान्तिकारी माओवादीमा प्रवेश भएकाहरु अधिकाशं विप्लवको व्यूरो सदस्यदेखि जिल्ला र स्थानीय कमिटी, संगठनमा आबद्ध रहेका नेताहरु रहेका छन ।

पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसमा क्रान्तिकारी माओवादीको कुपण्डोल स्थित प्रदेश कार्यालयमा आयोजित कार्यक्रमबीच क्रान्तिकारी माओवादीमा प्रवेश हुन आएका नेताहरुको समूहबाट प्रतिनिधित्व गर्दै चट्टानले विप्लव पार्टी छाड्नुको कारणबारे प्रष्ट पारेका थिए ।

उनले पछिल्लो समयमा विप्लव नेतृत्वको नेकपामा छलफल, वहस र आलोचनात्म प्रकृयामा निषेध गरिएको र नेताहरुले त्यो विषयमा सुधार नगरेपछि बाध्य भएर पार्टी बिद्रोह गर्नुपरेको खुलासा गरे ।

उनले मुलुकमा मोहन बैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी माओवादीको अगुवाईमा मात्र जनवादी क्रान्ति आफुहरुले सम्भव देखेको कारण प्रवेश हुन चाहेको तर्क गरेका थिए ।

उनले हेर्दा विप्लव समूह क्रान्तिकारी देखिए पनि आन्तरिक रुपमा समस्याहरु भएको बताए । उनले सबै क्रान्तिकारी शक्तिहरुबीच एकता, धुब्रिकरण र रुपान्तरणबाट अघि बढ्दै जनताको मुक्ति आन्दोलन बढाउन सकिने आफ्नो विचार समेत राखे ।

उनले आफुहरु क्रान्तिकारी माओवादीले लिएको नीति, योजना र कार्यदिशामा अनुशासीत भै आफ्ना जिम्मेवारीहरु निर्वाह गर्ने भन्दै प्रतिबद्धता समेत जनाए ।

उनले मुलुक र जनताको हितमा आफुहरु पार्टीको योजनामा सधैं तयार रहने विश्वास समेत जाहेर गरेका थिए । बाँकी भिडियोमा हेर्नुहोस् ।