डबल नेकपाद्धारा ७७ जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक गर्ने तयारी

पोलिट्ब्यूरो सदस्यको टुंगो अझै लागेन

काठमाडौं । सत्ताँरुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सबै जिल्लामा अध्यक्ष र सचिवको नाम भोलि सार्वजनिक गर्ने तयारी गरेको छ ।

उक्त पार्टीको आज बसेको सचिवालय बैठकले ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लागाएपछि भोलि सार्वजनिक गर्ने तयारी गरेको हो ।

नेकपाले भोलि प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रमबीच देशैभरका जिल्ला अध्यक्ष र सचिवको नाम सार्वजनिक गर्ने तयारी गरेको हरपललाई जानकारी प्राप्त भएको छ ।

जिल्ला अध्यक्ष र सचिवको नाम टुङ्ग्याउन बालुवाटारमा साँझसम्म बैठक बसेको थियो ।

औपचारीक रुपमा तत्कालिन माओवादी केन्द्र र नेकपा (एमाले) बीच पार्टी एकता भएको घोषणा गरिए पनि तल्लो कमिटी र विभिन्न संगठनहरुमा अझै एकता हुन सकेको छैन ।

तल्लो तहदेखि पार्टी एकता प्रकृया गर्दै अघि बढ्ने योजनामा नेकपाले ध्यान दिएको देखिन्छ ।

आज बसेको सचिवाल बैठकले जिल्ला अध्यक्ष र सचिवहरुको नाम टुङ्ग्याएपनि पोलिट्ब्यूरो सदस्यको नाम भने अझै टुंगो लाग्न नसकेको एक नेताले बताए ।

अर्को बैठकले पोलिटव्यूरो सदस्यको नाम टुङ्ग्याउने बताइएको छ । पोलिटव्यूरो सदस्यको नाम नटुङ्गीए पनि कुल केन्द्रीय सदस्य सख्याको एक तिहाइ सदस्य रहने बताइएको छ ।

पोलिटव्यूरो चयन गर्दा तत्कालिन दुबै पार्टीका नेताहरुलाई मिलाउने नेतृत्वको तयारी रहेको बुझिएको छ ।