नेताहरुमाथि दमन नरोके राज्य विरुद्ध सशक्त प्रतिरोध गछौंः विप्लव (विज्ञप्तिसहित)

गिरफ्तार नेताहरुको रिहाईको माग

काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युस्टि पार्टीले पछिल्लो समयमा राज्यले आफ्नो पार्टी, संगठनमाथि प्रतिबन्ध लगाउने र नेतारुमाथि दमन, गिरफ्तार गर्ने कामहरु भएको भन्दै त्यसका विरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

नेताहरुमाथिको दमन रोकेर गिरफ्तार नेताहरुको रिहाईको माग गर्दै उक्त पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति सार्वजनिक गर्दै त्यस्तो बताएका हुन।

उनले आफ्ना पार्टीमाथि राज्यले गरेको प्रतिबन्धको प्रतिरोधमा उत्रिने समेत संकेत गरेका छन ।

उनले विज्ञप्तिमा भनेका छन–‘सामाजिक फासिवादी केपी—प्रचण्डको सरकारले हाम्रो पार्टी र जनवर्गीय संगठनमाथि उसैले भन्दै आएको उत्कृष्ठ संविधानको बर्खिलाप गएर प्रतिबन्ध लगाएदेखि नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनतालाई विभिन्न आरोपमा गिरफ्तार गरेर चरम याताना दिइराखेको छ । यसै सिलसिला फासिवादी सरकारले बैशाख ६ गतेका दिन केन्द्रीय सदस्यहरु चुडामणि ओली आदर्श, चन्द्रबहादुर खड्का असल र विश्वलाई पुनः गिरफ्तार गरेको छ । सरकारको यस्तो रवैयाको हाम्रो पार्टीले घोर विरोध गर्नुका साथै तुरुन्त रिहाई गर्न माग गर्दछौं ।’

उनले चेतावनीपूर्ण भाषामा भनेका छन–‘यदि केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं । हामी अहिले पनि भन्दैछौं, हामीलाई बाध्य नपारियोस् । जनतालाई साथमा लिएर गरिने यस्ता प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार यो सरकार नै हुनेछ ।’

नेपाल कम्युनिस्ट पार्टी

केन्द्रीय समिति

सामाजिक फासिवादी केपी—प्रचण्डको सरकारले हाम्रो पार्टी र जनवर्गीय संगठनमाथि उसैले भन्दै आएको उत्कृष्ठ संविधानको बर्खिलाप गएर प्रतिबन्ध लगाएदेखि नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनतालाई विभिन्न आरोपमा गिरफ्तार गरेर चरम याताना दिइराखेको छ । यसै सिलसिला फासिवादी सरकारले बैशाख ६ गतेका दिन केन्द्रीय सदस्यहरु चुडामणि ओली आदर्श, चन्द्रबहादुर खड्का असल र विश्वलाई पुनः गिरफ्तार गरेको छ । सरकारको यस्तो रवैयाको हाम्रो पार्टीले घोर विरोध गर्नुका साथै तुरुन्त रिहाई गर्न माग गर्दछौं । यदि केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं । हामी अहिले पनि भन्दैछौं, हामीलाई बाध्य नपारियोस् । जनतालाई साथमा लिएर गरिने यस्ता प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार यो सरकार नै हुनेछ । क्रान्तिकारी अभिवादनसहित !
मितिः ७ वैशाख, २०७६

…..
विप्लव
महासचिव