भिडियोमा हेर्नुहोस्, जनवादी कलाकार सौगात सायरसँगको हरपल संवाद

कलाकारको जस्तै मन नेताको पनि भैदिए….

काठमाडौं । कलाकार सौगात सायरले कलाकारहरु राज्यको गहना नभै अभिन्न अगंको रुपमा हुनुपर्ने बताका छन । उनले हरपल संवादमा कुराकानी गर्दै त्यस्तो बताएका हुन ।

सौगतले आजसम्म सयौं गीतहरु गाएको बताए । उनले गायका अधिकांश गीतहरु सामाजिक व्यवस्था परिवर्तनको पक्षमा संन्देश प्रवाह गर्ने खालका छन । त्यसो त उनी जनवादी गायकको रुपमा समेत स्थापित छन ।

कलाकार सायरले राजनीतिक नेतृत्व तहमा देखिएको बेइमानीका कारण जनताले चाहेजस्तो अवस्था आउँन नसकेको बताए । उनले सामाजिक व्यवस्था परिवर्तन गर्न अघि बढेका नेताहरु आफै नबदलिनु दुखत विषय रहेको बताए ।

उनले कलाकारहरुले देश र जनताको पक्षमा जति इमान्दारीता नेतामा नदेखिएको भन्दै नेताहरुको मन पनि कलाकारको जस्तो भैदिए मुलुकले चाँडै निकास पाउने विश्वास व्यक्त गरेका छन । बाँकी भिडियोमा हेर्नुहोस् उनीसँगको हरपल संवाद….