कम्युनिस्ट नेता हर्क शाहीको सम्झना गर्दै कृष्ण गुरुङले यस्तो लेखे……

उपमाः उदाउँदो तारा,शाहीको राजनीतिक यात्रा

कृष्णबहादुर गुरुङ

कति तारा उदाए कति अस्त भए तर ।
बले चितामा सुताए, नष्ट भए तर ।

उनका महान विचारहरु पोखिए
पाना भरी फुटाए, स्पस्ट भए तर ।

यहाँ अमरगाथा बनेकोछ कमरेड
जिन्दगी भर लुटाए, कष्ट भए तर ।

आदर्शवान, आस्था, निष्ठा र स्वाभिमानी,
सबै आजकाल टुक्रिए, भ्रष्ट भए तर ।

हार्दिक श्राद्वाञ्जली श्रद्वय नेता ज्यु
यो जन्म अस्ताए उदाए श्रेष्टभए तर…

(गुरुङ पेशाका हिसाबले राजनीतिककर्मि हुन । उनी क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत हुन । तर उनी साहित्यका विभिन्न विधामा कलम चलाउँछन, उनी साहित्यमा राजनीतिक दर्शनको प्रकाश पर्ने र वर्गियता पक्षधरताको प्रयोग गर्ने गर्दछन ।)