प्रधानमन्त्री ओलीको भ्रष्टाचारमा संलग्नता: सांसद त्रिपाठीको खुलासा यस्तो छ….

संवैधानिक आयोग निकम्माः राजनीतिक प्रभाव हावी

काठमाडौं । नवलपरासी क्षेत्र १ बाट निर्वाचित सांसद हृदयश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली ठूला ठूला भ्रष्टाचार काण्डमा मुछिएको खुलासा गरेका छन ।

उनले प्राइम टाइम्स टेलिभिजको एक संवाद कार्यक्रममा बोल्दै त्यस्तो खलासा गरेका हुन ।

उनले संसारमा असफल भएको संसदीय व्यवस्थालाई टिकाउँदै सत्ताँरुढ तथा प्रतिपक्ष दलहरु नेकपा, नेपाली काग्रेस लगायतले मुलुकमा व्यापक भ्रष्टाचार गरिरहेको आरोप लगाए ।

उनले भष्ट दलालहरुलाई राज्यले नियन्त्रण गर्न नसक्नुको कारण राज्यको संलग्नता भएको तर्क गरेका छन ।

उनले चर्चित वाईडबडी जहाज खरिदमा प्रमुख तीन ठूला दलका शीर्ष नेताहरुको संलग्नता रहेकाले कसैलाई कारबाही हुन नसकेको दावी गरे ।

उनले भनेका छन–‘मुलुकमा भ्रष्टाचार, दलालीको संरक्षणमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतको संलग्नता छ, त्यसैले नियन्त्रणमा आउँन सकेको छैन ।’

उनले मुलुक चलाउँने नेताहरु नै भ्रष्टाचारमा मुछिएकाले त्यसका लागि बनेका संवैधानिक आयोग, ऐन, कानून सबै निकम्मा बन्न पुगेको बताए ।

उनले अख्तियार अनुसन्धान आयोग, निर्वाचन आयोग, लोकसेवा आयोग लगायत सबैमा भागबण्डाका आधारमा नियुक्ती हुने पारिपाटी रहेको बताए ।

राजनीतिक नियुक्तीको अवस्था रहेसम्म संवैधानीक निकायहरु स्वतन्त्र तथा राजनीतिक प्रभाव नहुने गरी काम गर्न नसक्ने उनले ठोकुवा गरे ।

उनले मुलुकमा जनताको लागि मान्य हुने खालको संविधान अझै बन्न नसकेको दावी गरे । फाइल तस्बिर