पहिलो पटक सगरमाथा नाप्न हिड्यो चार सदस्ययी सरकारी टोली

प्रधानमन्त्री ओलीद्धारा बिदाईः मौसममा ध्यान दिन सुझाव

काठमाडौं । सगरमाथाको उचाइ नाप्नका लागि आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका चार जना कर्मचारीको टोली काठमाडौंबाट हिडेको छ । उक्त टोलीलाई आज एक कार्यक्रमबीच बिदाई गरिएको हो ।

मन्त्रालय श्रोतका अनुसार उक्त टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल लगायत रहेका छन्। सरकारको तर्फबाट सगरमाथाको मापन पहिलो पटक हुन लागेको हो ।

उनीहरुको बिदाईमा प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यत्रक्रम समेत आयोजना गरिएको छ । उक्त विदाइ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सगरमाथा मापनका लागि जानलागेको टोलीलाई मौषम र स्वास्थ्यको ख्याल गर्न सुझाव दिएका छन ।

उनले मौषम प्रतिकुल भएको अवस्थामा जिद्धी नगरी सहज अवस्था भएपछि काम थाल्न सुझाव दिए । उनले टोलीलाई गाइडको निर्देशन पालना गर्न समेत सुझाएका छन ।

उक्त टोलीले नापेर ल्याएको मापन नै सगरमाथाको आधिकारिक उचाइ मान्य हुने बताइएको छ । उक्त टोली सगरमाथाको उचाइ नापेर करिब एक महिनामा फर्किने बताइएको छ ।

उक्त टोलीलाई विदाइ कार्यक्रममा मन्त्री पद्मा आर्याल लगायतको सहभागतिका रहेको थियो। टोली आफ्नो आवश्यक तयारी सहित गन्तब्यतिर हिडेको छ ।