कम्युनिस्ट आन्दोलनका त्यागी नेता हर्कबहादुर शाहीको निधनः महासचिव किरणद्धारा शोक व्यक्त

भोलि ११ बजें पार्टीद्धारा श्रद्धाञ्जली कार्यक्रमः दिउँस अन्त्यष्टि

काठमाडौं । लामो समयदेखि उपचारार्थ नेपाली कम्युनिस्ट आन्दोलनका त्यागी र इमान्दार नेता हर्कबहादुर शाहीको आज दिउँस निधन भएको छ । उनको आज दिउँस २ः२८ बजे धापासी स्थित निजि निवासमा निधन भएको हो ।

विभिन्न शारीरिक समस्याका कारण लामो समयदेखि ग्राण्डी अस्पतालमा उपचारार्थ नेता शाही केही समयदेखि डक्टरको सल्लाह अनुसार आराम गरिरहेका थिए ।

उनी पश्चिम दैलेखका स्थानीय हुन । उनले आफ्नो जीवनकालभरी कम्युनिस्ट आन्दोलनमा निश्वार्थ सेवा गरे ।

उनी दैलेखको कम्युनिस्ट पार्टीका संस्थापक नेताका रुपमा समेत चिनिन्छन । उनको ७३ बर्षको उमेरमा निधन भएको बताइएको छ ।

उनी पछिल्लो समय मोहन बैद्य किरणले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) माओवादी पार्टीमा आवद्ध रहेका थिए ।

क्रान्तिकारी माओवादीको पोलिटव्यूरो सदस्यका रुपमा सामाजिक व्यवस्था परिवर्तनको आन्दोलनमा उनले योगदान गर्दै आएका थिए ।

नेता शाहीको मृत्युको खबर पाए लगत्तै क्रान्तिकारी माओवादीका महासचिव किरण लगयतका नेता, कार्यकर्ताहरुले शोकाकुल परिवारजनसँग भेटघाट गरेका छन ।

नेता शाहीको निधनले क्रान्तिकारी आन्दोलनमा अपुरणिय क्षति पुरेको भन्दै महासचिव किरणले शोकाकुल परिवाजन र पार्टी पक्तिमा परेको पीडालाई शक्तिमा बदल्दै मृतक शाहीले देखेको सम्यवादी लक्ष्यमा अबिचलित भै अघि बढ्नु पर्ने बताए ।

महासचिव किरणले निरन्तर क्रान्तिको बाटोबाट नेता शाहीले देखेको सपना पुरा गर्न सकिने भन्दै मृतक प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन तथा पार्टी पंक्तिमा समवेदना व्यक्त गरेका छन ।

त्यसैगरी नेता शाहीको भोलि बिहान ११ बजे क्रान्तिकारी माओवादीको ललितपुरको कुपण्डोल स्थित प्रदेश नम्बर तीनको कार्यालयमा पार्टीले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको बुझिएको छ ।

उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, कम्युनिस्ट अन्दोलनका अग्रज व्यक्तत्व, सामाजिक अभियन्ता, पत्रकारहरुको उपस्थिति हुने भएको छ ।

मृतक नेता शाहीका छोरा दीपकबहादुर शाहीले हरपल नेपालसँग कुराकानी गर्दै कम्युनिस्ट आन्दोलनका सम्पूर्ण अग्रज तथा सामाजिक अभियन्ता र सञ्चारकर्मिहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि आमन्त्रण गरेका छन।

पार्टीको आयोजनामा हुने उक्त श्रद्धाञ्जली कार्यक्रम पश्चात दिउँस करिब तीन बजे उनको मृत शरीरको पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने कार्यक्रम रहेको छ।

नेता शाहीले मृत्युको खबरले सामाजिक सञ्जालमा अधिकांश नेता, कार्यकर्ता तथा उनका आफन्तजनहरुले दुख व्यक्त गरेका छन ।