मेटिदै त्रिभुवन चौकको इतिहास

चौकको संरचना भत्काउदा सर्वसाधारणबाट नाराबाजी

बाँके । पटकपटक सभागृह निर्माणका निहुँमा आयोजित बृहत मेला र महोत्त्सवबाट संकलित रकम पारदर्शी रूपमा सार्वजनिक नगर्दा विवादीत बनेका नेपालगन्ज उद्योग बाणिजय संघका अध्यक्ष नन्दलाल बैश्य नेतृत्वको टोली पुरातात्विक र एतिहासिक संरचना तोडफोडमा सक्रिय रुपमा देखा परेका छन ।

उक्त टोलीले विगत ४० वर्ष पुरानो त्रिभुवनको शालिक रहेको त्रिभुवन चौक स्थित संरचना सोमवार सन्धायाकालको समयमा भत्काएका थिए । अध्यक्ष बैश्यको उक्त अनैतिक कार्यप्रति सर्वसाधारणले विरोधसमेत जनाएका थिए ।

सोमबार सन्ध्याकालामा उनकै नेतृत्व र मिलेमतोमा त्रिभुवन चोकको संरचना भत्काउँदै गर्दा भेला भएका सर्वसाधारणले संघका अध्यक्ष वैश्य विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

वाणिज्य संघले त्रिभुवनको शालिक रहेको संरचना भत्काएर नयाँ स्तम्भ बनाउने र सौन्दर्यकरण गर्ने प्रस्ताव नेपालगन्ज उपमहानगरपालिका समक्ष राखे पनि उक्त प्रस्ताव नगर बोर्डबाट पारित वा स्वीकृत भने गरिएको थिएन ।

उपमहानगरका मेयर डाक्टर धवलशम्सेर राणाले एक वर्ष अघि नै संघलाई सौन्दर्यकरणका लागि अनुमति दिएको भन्दै अध्यक्ष बैश्यले कपोकल्पित रुपमा डोजर लगाएर उक्त चोकको महिमा मेटाउने प्रयास गरेका बताए ।

नेपालगन्ज उपमहानगरको बोर्डले भने यस विषयमा कुनै निर्णय नगरेको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले हरपल नेपालगसंगको कुराकानीको क्रममा जनाउदै उनले भने ‘संघलाई त्रिभुवन र्चौकमा सौन्दर्यकरण गर्न अनुमति दिइएको बारे जानकारी छैन् ।’

रिजालका अनुसार ६÷७ महिना अगाडि संघले त्रिभुवन चोक सौन्दर्यकरणका लागि प्रस्ताव गरेको थियो तर, नगर बोर्डले कुनै निर्णय गरेको थिएन । त्रिभुवन चोकको संरचना भत्काउने काममा संघका अध्यक्ष बैश्यको निर्देशनमा वडा नम्बर ११ का अध्यक्ष उज्जवल सिंह राठौर र मेयर राणाको मिलेमतो रहेको स्थानीयजनले आरोपसमेत लगाए ।

सोमबार राती भएको उक्त चोक भत्काउने प्रयास स्थानीयले असफल पारेपछि वडाध्यक्ष राठौरले सर्वसाधारणलाई अस्लिल तवरले गाली गर्दै जे पनि गर्न सक्ने धम्की दिएको स्थानीय बताउँछन् । वडा अध्यक्षले गरेको अश्लिल गालीगलोचको भिडीयो हरपलसंग सुरक्षित छ ।

राप्रपाकै मेयर राणाले नेपालगन्जको इतिहास मेटाउन खोजेको भन्दै राप्रपाकै नेताहरूसमेत आक्रोशित बनेका छन् भने नेपालगन्जमा हुने लागेको आठौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको अनैतिक कार्यले नेपालगन्जको वातावरण जटिल बन्न सक्ने स्थानीयहरुले बताए ।

यस विषयमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगन्जको कारकादो चोकमा घण्टाघर निर्माण र त्रिभुवना चोकलाई नयाँ रुप दिने आफ्नो ईच्छा अनुसार नगरपालिकामा प्रस्ताव पेश गरेको बताए ।

उनले भने यसमा मेरो कुनै स्वार्थ छैन, चोकको सुधारका लागि मैले उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणाकै सहयोग सल्लाह र निर्देशका आधारमा चोक भत्काउन लगाएको हो । तर, मैले एउटा कमजोरी गरे उनले भने त्यो के भने चोक भत्काउन अघि आम नागरिकलाई अब बन्ने संरचनाका बारे सूचना दिनुपर्दथ्यो त्यो गर्न सकेन ।