विदोह्र जनताको अधिकार हो,आवश्यक पर्यो भने फेरी पनि बन्दुक उठ्छ: महासचिव किरण (भिडियोसहित)

जनसत्ताँका लागि संघर्षको नेतृत्व गर्न निर्देशन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले मुलुकमा अझै पुरानै व्यवस्था हावी रहेको र त्यसले देश र जनताको अधिकारमाथि दमन गरिरहेको औल्याउँदै जनताहरु विदोह्रका लागि तयार भएमा फेरी पनि बन्दुक उठ्ने संकेत गरेका छन ।

महासचिव किरणले हिजो देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले २९ औं ऐतिहासिक जनआन्दोलन दिवसको सन्दर्भ पारेर आफ्नो पहिलो राष्ट्रिय सम्मेलनार्थ आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन ।

महासचिव किरणले मुलुक यतिबेला वैचारिक, राजनीतिक, आर्र्थिक तथा सामाजिक रुपमा गम्भीर संकटमा परेको बताए । नेताहरुले देश र जनताको सपनामाथि गद्दारी गर्दै मुनाफाको राजनीतिक बाटोमा हिडेपछि मुलुकमा चौतर्फि समस्याहरु बढेको उनको भनाई थियो ।

मुलुक समस्यामा फसेको बेला आफ्नो पार्टी र संयुक्त जनगाणतान्त्रिक मोर्चा नेपाल देश र जनताको लागि विकल्प बोकेर आएको उनको दावी छ ।

उनले भने–‘त्यो विकल्प भनेको हामीले वर्गिय, जागिय र सबै सबै समस्याहररुलाई ठीक रुपमा उठाउँदै सबै क्रान्तिकारी शक्तिहरुबीचको एकता र संघर्षको प्रकृया हो । संघर्ष बिना जनअधिकार स्थापना सम्भव छैन ।’

उनले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बन्दै गएको भएपनि राज्यले त्यसमा ध्यान नदिएको बताए ।

उनले मुलुक यसरी समस्यामा फस्दै गएको बेला, जनताहरुमाथि दमन भैरहेको बेला आफ्नो पार्टी चुप लागेर नबस्ने भन्दै त्यसको विकल्पको लागि जनताको समर्थनमा आवश्यक परेमा फेरी पनि बन्दुक उठाउँन तयार हुने उद्घोष गरें ।

उनले अब सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध बनाएर बन्दुक उठाउने भन्दै त्यसले पुरानो सत्ताँ र व्यवस्था पल्टाएर जनताको राज्यसत्ताँ स्थापना गर्ने गर्न सकिने विश्वास व्यक्त गरे । उनले क्रान्ति असम्भव छैन, त्यसको तयारी मजबुत ढंगले भैराखेको हुनाले केही समय लाग्ने विषय समेत राखेंका थिए ।

उनले यतिबेला जनआन्दोलन, सडक आन्दोलन र जनसंघर्ष चलाउँदै क्रान्तिको लागि केही चरणमा तयारी अगाडि बढाउने बेला भएको भन्दै आवश्यक तयारी पुरा गर्दै फेरी बन्दुक उठाउनु जरुरी भएको बताए ।

उनले भन–‘डराएर हुँदैन । न्याय र अधिकारका लागि बन्दुक उठाउनु जनताको अधिकारको विषय हो । बन्दुक उठाउने हिम्मत गर्यौ भने पुरानो सत्ता पल्टाउन सकिन्छ ।’

उनले चैत्र २४ जनआन्दोलन उत्कर्षमा पुगेको दिन भएपनि नेताहरुको धोका र गद्दारीका कारण आन्दोलनहरु असफल हुन पुगेको चर्चा गर्दै विगतबाट पाठ सिक्दै आफूहरु देश र जनताको हितमा अगाडि बढ्न खोजेको बताए ।

उनले सच्चा कम्युनिस्ट शक्तिहरु र सबै जात जाति, वर्ग समूदायलाई क्रान्तिको प्रकृयामा जोडेर हिड्ने आफ्नो पार्टीको तयारीबारे समेत उनले खुलासा गरे । उत्पीडित वर्ग र उत्पीडित जनसमुदायलाई एक ढिक्का बनाएर मात्र अबको लडाइँ जित्न सकिने उनले बताए ।

महासचिव किरणले भने–‘वर्तमान सरकार कम्युनिस्ट नभएर कम्युनिस्टको बदनाम गर्ने सरकार भएको र यसले दलाल, नोकरशाह, सामन्तवर्गको प्रतिनिधित्व गरेको र साम्राज्यवादी तथा विस्तारवादीहरुको हित संरक्षण गर्ने काम गरेको ।’

उनले प्रधानमन्त्री केपी ओलीले लफ्फावाजी कुरा गरेर जनतालाई बेवकुफ बनाउने काम गरेको भन्दै कडा आक्रोश व्यक्त गरे । उनले भने–‘मानवीय र प्राकृतिक स्रोत साधन विदेशीलाई बेचेर समृद्ध नेपाल र सुखी नेपालीको नारा फलाक्नु जनतालाई बेवकुफ बनाउनु हो, त्यसरी समृद्धि आउँने कुरै हुँदैन । यो सरकार देश र जनताको पक्षमा केही गर्नै सक्दैन ।’

उनले सरकारी कम्युनिस्टहरुले सरकारमा बसेर दलाल, नोकरशाही र सामन्तवर्गको सेवा गरेको बताए । उनले वर्तमान सरकारलाई विदेशी प्रभुको सत्ताँका रुपमा संज्ञा दिए । उनको भनाई वर्तमान सरकार जनअधिकारको विरुद्ध र देशको अहितमा छ, त्यसको विकल्प खोज्न जरुरी छ भन्नेमा केन्द्रीत थियो ।

उनले मुलुकमा पछिल्लो पटक केही घटनाहरुले नयाँ स्थिति देखाएको भन्दै त्यसको व्याख्यामा समेत केही समय खर्चे । उनले जनताको अधिकारको आन्दोलनका क्रममा भएको घटनालाई लिएर सरकारले रेशम चौधरीमाथि जन्मकैदको सजाय तोकेको विषय गलत भएको बताए ।

उनले त्यो राजनीतिक र आन्दोलनको विषय भएकाले त्यसरी नै बुझ्नुपर्छ, व्यक्तिगत विषयमा मुद्धा चलाउनु गलत भएको बताए । त्यस्तै सरकारले राज्य विखण्डनको कुरा गरिरहेका सिके राउतसँग समझदारी गरेको विषयमा बोल्दै त्यसले मुलुकलाई कता पुर्याउछ भन्दै चिन्ता गरे ।

देश र जनताको अधिकारका लागि संघर्षरत पार्टीहरुमाथि प्रतिबन्ध गर्ने ,निषेध गर्ने र जनअधिकारको अपमान गर्ने सरकारले अराजनीतिक समूहलाई उचालेर मुलुकमा समस्या निम्त्याउन चाहेको उनको भनाई थियो । उनले विप्लवहरुलाई राजनैतिक व्यवहार गर्न समेत माग गरे ।

उनले मोर्चाको सम्मेलनबाट क्रान्तिकारी मोर्चाको लागि क्रान्तिकारी योजना सहितका विधान, प्रतिवेदन र कार्यक्रमहरु ल्याउँदै देश र जनताको लागि संघर्षको नेतृत्व गर्ने सक्षम कमिटी निर्वाचित होस भन्दै शुभकामना समेत दिए ।

उनले क्रान्तिकारीर्वहारा वर्गको नेतृत्वमा सबै वर्ग र उत्पीडित जनसमुदायलाई गोलबन्द गर्दै आन्दोलनको नयाँ मोर्चा बनाउने र सत्ताको लागि सशक्त संघर्षको उठान गर्ने विषयमा मोर्चाको उक्त सम्मेलन सान्दार रुपमा सफल रहोस भन्ने शुभकामना दिए ।

जनताको सत्ता विना अब  अरु कुरा गरेर काम नहुने भन्दै त्यसका लागि संघर्ष उठान गर्न निर्देशन समेत दिए ।