५० ग्राम स्म्याकसहित सहित परियार पक्राउ

बाँके । नेपाल–भारत सीमानाका स्थित भारतीय बजार रुपईडिहामा एक नेपाली आइतवार ५० लाख बराबरको स्म्याकसहित पक्राउ परेका छन् ।

भारतीय भूमिमा तैनाथ रुपईडिहास्थित भारतीय पुलिस र शसस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले बिहान बाँके खजुरागाउँ पालिकाका वडा नंं. २ बस्ने राम बहादुर परियारलाई पक्राउ गरेका हुन ।

गोप्य सूचनाका आधारमा प्रहरीले रुपईडिहास्थित रोडबेज बस पार्कमा जाँच गर्ने क्रममा परियारले मोटरसाईकलको हेडलाईट भित्र लुकाई राखेको ५० ग्राम स्म्याक बरामद गरिएको थियो ।

भारतीय प्रहरीद्वारा बरामद सो स्म्याकको अन्तर्राष्ट्रीय बजार मूल्य करीब ५० लाख पर्ने प्रहरीले जनाएको छ । भारतमा लोकसभाको चुनाव नजिकिएसँगै सीमा क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ भने जाँचमा कडाई गरेसँगै एक साताभित्र भारतीय प्रहरीले करीब दुई करोड बराबरको स्म्याक पक्राउ गरेको जनाएको छ ।