देजमोका नेता, कार्यकर्ता सवार बसमा प्रहरी हस्तक्षेपः विद्यार्थी नेता शाही गिरफ्तार (भिडियोसहित)

बढ्दो जनआक्रोशः रिहा नगरे प्रतिरोधको चेतावनी

सुर्खेत । काठमार्डौमा हुन लागेको देशभक्त जनगणतनन्त्रिक मोर्चा नेपालको प्रथम राष्ट्रिय सम्मेलनका लागि प्रदेश कर्णाली प्रदेशबाट हिडेको मोर्चाका नेता, कार्यकर्ताहरु सवार बसमा सुर्खेत प्रहरीले व्यापक हस्तक्षेप गरी एक जनालाई गिरफ्तार गरेको छ ।

राजधानीमा आज शुरुहुने मोर्चाको सम्मेलनको लागि कर्णाली प्रदेशको सुर्खेतबाट हिडेका चार वटा बसहरुमा छिन्छुमा प्रहरीले चेकजाँचको नाममा गाडि रोकेर व्यापक हस्तक्षेप गरेको हो ।

बसमा सवार मोर्चाका नेता, कार्यकर्ताहरुलाई प्रहरीले अनावश्यक केरकार गर्दै सम्मेलनमा जानबाट रोक्न खोजेपछि त्यहाँ केहीबेर तनावको स्थिति निम्तिएको बताइएको छ ।

त्यहाँ प्रहरीले चेकजाचको नाममा दुख दिएको भन्दै मोर्चाका नेता,कार्यकर्ताहरु प्रहरीको अतिक्रमणका विरुद्ध नाराबाजिमा होमिएका थिए ।

राजनीतिक दलहरुले खुला कार्यक्रम, भेला सम्मेलन गर्न पाउनुपर्छ भन्दै प्रहरीसँग कुरा गर्दा नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हिक्मत शाहीलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।

विद्यार्थी नेता शाहीको गिरफ्तारीको विषयमा छिन्चु प्रहरीका प्रहरी निरीक्षक निरज चौलागाईले भ्रष्टाचारीलाई कारबाही भन्दै कालोमोसो दलेको विषयमा अनुसन्धानका लागि उनलाई समातेको बताए ।

प्रहरीका अनुसार शाहीलाई हिजो साँझ नै जिल्ला प्रहरी कार्यालय सर्खेतमा पुर्याउने तयारी गरिएको थियो ।

विद्यार्थी नेता शाहीको विना कारण गिरफ्तारी भएको भन्दै बसमा रहेका सबै नेता,कार्यकर्तारुले केहीबेर प्रदर्शन गरेका थिए ।

उनीहरुले शाहीको बिनासर्त अविलम्ब रिहानगरे त्यसको कडा प्रतिरोध गरिने भन्दै चेतावनी दिएका छन ।

संगठनका नेताको गिरफ्तारीको खबर पाएँलगत्तै हरपल नेपालसँग कुराकानी गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरीकृष्ण गजुरेलले शाहीलाई बिना सर्त तत्काल रिहा नगरे कडा संघर्षमा उत्रिन बाध्य हुने भन्दै राज्यलाई चेतावनी दिएका छन ।

आफ्ना कार्यकर्ताको गिरफ्तारीका विषयमा देजमो नेपालको कर्णाली प्रदेश संयोजक दिपकबहादुर शाहीले सामाजिक सञ्जाल मार्फत एक नोट लेख्दै उनको रिहाईको माग सहित प्रतिकार गर्ने चेतावनी दिएका छन ।

उनले सम्मेलनको लागि हिडेको बसमा प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै त्यस्ता कार्यहरु सच्याउनका लागि राज्यलाई आग्रह गरेका छन । उनले जारी गरेको नोट तल प्रस्तुत गरिएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल
कर्णाली प्रदेस संगठन समिति

चैत्र २३ गते अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हिक्मल शाहीलाई देजमो नेपालको राष्ट्रिय सम्मेलनमा आउदै गर्दा वसमा यात्र गर्दै गर्दा सुर्खेतको छिन्चुवाट पुलिसले पक्राउ गरेकाले दलाल राज्यसत्ताले आफ्नो नागोरुप प्रदर्शन गरेकाले विना शत्र रिहा गर्न माग गर्दै नगरिकको स्वतन्त्र पुर्वक हिडन डुल्न पउने अधिकार माथिको ठाडो हस्तछेप भयकोले यस कार्यको घोर भत्र्सना गर्दछौं।

मितिः २०७५/१२/२३

………..
प्रदेश संयोजक
दिपक बहादुर शाही